सूर्योदयमा बुद्धजयन्ती तथा उभौली महोत्सव हुने

द्वारा प्रकाशित गरिएको हो |
२०८१ जेष्ठ ३, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

राजकुमार दाहाल
इलाम,०३जेठः इलामको सूर्योदय नगरपालिका–९ रम्फोकमा आगामी जेठ ४ गते देखि १५ गतेसम्म बुद्धजयन्ती तथा उभौली महोत्सव २०८१ आयोजना हुने भएको छ । इलाम एम.टिभी राईडर्स सुर्योदय नगरपालिका–१० र समृद्धि युवा समाज सूर्योदय नगरपालिका–९ को संयुक्त आयोजनामा महोत्सव हुन लागेको आयोजक एम टिभी राईडर्सका अध्यक्ष शरण फागोले बताउनुभयो ।

उहाँका अनुसार, महोत्सव तथा मिनि मेलामा खानाका बिभिन्न स्टलहरु, स्थानिय उत्पादनको बजारीकरण, बिभिन्न कलाकारहरुको प्रस्तुति साथै मनोरन्जनका बिभिन्न खेलहरु सञ्चालन गरिनेछ । पर्यटनलाई सँधै चलायमान बनाईराख्न तथा काम थकानबाट ग्रसित मानिसलाई मनोरञ्जनसंंग जोडेर तनाव र चिन्ताबाट पर राख्न पनि महोत्सव तथा मेला आयोजना गरिएको फागोको भनाई छ ।

महोत्सवले गाउँ र शहरको सम्बन्ध जोड्ने भएकोले ग्रामिण इलाकामा लाग्ने यस्ता महोत्सव उपलब्धिमुलक हुने आयोजकको विश्वास छ ।
मेलालाई सभ्य र भब्य बनाउन दुबै आयोजक सस्थां एक भएर लाग्ने र यस क्षेत्रको पर्यटन प्रर्बद्धनमा स्थानीय बिशेषतालाई प्राथमिक्ता दिईने बताईएको छ ।

महोत्सव अवधिभर बिभिन्न ख्यातिप्राप्त कलाकारहरुको समेत उपस्थीत हुनेछ तर, जिल्लाका कलाकारहरुलाई बढी प्राथमिक्ता दिईने आयोजकको भनाई छ ।

महोत्सव नाफामुलक भन्दा पनि सन्देशमुलक कार्यक्रम भएकोले यसलाई सफल बनाउन स्थानीयबासी लगायत सबै सरोकारवाला पक्षको साथका लागि पनि आग्रह गरिएको फागोले बताउनुभयो ।

यता समृद्धि युवा समाजका अध्यक्ष इन्द्र तामाङले चन्द्र खेलमैदान ऐतिहासिक खेल मैदान भएको बताउनुभयो । उहाँले आज भन्दा ३० बर्ष अगाडी यस मैदानमा निक्कै ठुलो मेलाहरु आयोजना हुने गरेको तर त्यसपछि मेला महोत्सव आयोजना हुन नसकिरहेको अवस्थामा यो महोत्सवले चन्द्र खेलमैदानको ऐतिहासिक महत्वलाई सबै माझ पुर्याउँदै यस क्षेत्रकोे पर्यटन प्रर्वद्धनमा बिशेष टेवा पुग्ने बिश्वासका साथ महोत्सवको आयोजना गर्न लागिएको बताउनुभयो ।

नगरकै एतिहासिक खेल मैदानको रुपमा चन्द्र खेलमैदान रहेको र यसको सरंक्षण विकास कसरी गर्न सकिन्छ भन्ने बारेमा सबै लागिरहेको अवस्थामा खेलमैदानको विकाससंंगै यस क्षेत्रका संस्कार,संस्कृति, भाषा,धर्म बिभिन्न उत्पादन लगायतको प्रर्वद्धन गर्ने भएकोले सबैको साथ सहयोग रहनेमा आफुहरु ढुक्क भएको अध्यक्ष तामाङले बताउनुभयो ।

साथै मैदान नजिकै रहेको झ्याङछोप छेलिङ गुम्बामा आगामी ९ गते देखि बिपस्यना ध्यान शिबिर पनि रहेको बताउदै उहाँले यस ठाउँ र यसको ऐतिहासिक महत्वको बारेमा पनि सबैमाझ पुर्याउने लक्ष्य रहेको जानकारी दिनुभयो ।

यस्तै महोत्सव आयोजक समितिका सयोंजक प्रेमचन्द्र काजीले चन्द्र खेलमैदान निक्कै पुरानो इतिहास बोकेको मैदान भएको र यस क्षेत्रले अरु धेरै क्षेत्र समेट्ने भएकोले पनि महोत्सव सफल हुनेमा आफुहरु ढुक्क भएको बताउनुभयो । उहाँले महोत्सवको तयारी ९५ प्रतिशत पुरा भएको जानकारी दिनुभयो ।

मेलामा रोटेपिङ खेलका अरु बिभिन्न कुराहरु बच्चाका खेलहरु दैनिक बिभिन्न कलाकारहरु आर्कंषक प्रस्तुति खानाका स्टलहरु लगायत रहने समृद्धि युवा समाजका सचिव मानव लेप्चाले जानकारी दिनुभयो । महोत्सवमा २५ हजार बढिले अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्सव यहि जेष्ठ ४ गते औपचारीक रुपमा उद्घाटन हुने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय