रोशन काफ्ले, इलामः यतिबेला भारतमा विश्वको सबैभन्दा ठुलो क्रिकेट लिग ूइन्डियन प्रीमियर लिगको सोर्हौ संस्करण चलिरहेको छ । जस्को पहिलो चरणको खेलहरु सकिन लागेका छन । आइपिएलको फाइनल यहि मे २६ अर्थात जेठ १३ गते हुदैछ र सँगसँगै टि २० विश्वकप क्रिकेट २०२४ पनि सुरु हुन लाग्दैछ ।
भारतीय क्रिकेट पुरुष टिमको मुख्य प्रशिक्षकको समयवाधी अब केही महिनामा सकिदैछ । भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षकमा यतिबेला राहुल द्रविड रहेका छन , उनको पहिलो कार्यकाल टि २० को अन्तिम तिर सकिनै लाग्दा दोस्रो कार्यकाल नदोहोर्याउन समेत द्रविडले यस अघिनै बताइसकेका छन । र अब तत्कालै भारतीय क्रिकेट बोर्ड बिसिसि ले नयाँ मुख्य प्रशिक्षकको लागि गत हप्ता आवेदन खुलाइसकेको छ आवेदन दिने अन्तिम म्याद आइपिएलको फाइनलको भोलि पल्ट अर्थात मे २७ तारिक रहेको छ ।
बीसीसीआईले यो तीनवटै ढाँचाका लागि हुने र यस पदको कार्यकाल जुलाई २०२४ देखि डिसेम्बर २०२७ सम्म हुने बताएको थियो। अब को बन्ला त भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक रु ययिबेला सबै क्रिकेट खेलाडी साथै दर्शकको ध्यान तेतातिर खिचेको छ ।
बिसिसिआईले मुख्य प्रशिक्षक राहुले द्रविड नदोहोरिएको खण्डमा भारतीय टिमका पुर्व ब्याट्सम्यान साथै चौधौं र पन्ध्रौं सिजन लखनौ सुपर जोइन्ट र अहिलेको आइपिएलका कोलकाता नाइट राइड्सका मुख्य प्रशिक्षक गौतम गम्भीर बन्न सक्ने विभिन्न समाचार माध्यमहरुले बताई रहदा भारतीय क्रिकेट बोर्डको नजरमा पनि गौतम यतिबेला शिर्ष स्थानमा रोजाइमा छन । गौतमले अन्तर्राष्ट्रिय प्रशिक्षण नगरे पनि होम फ्रेन्चाइड लिगमा सफ प्रशिक्षण गरेर आफुलाई सावित गरिसकेका छन । गम्भीरले मुख्य प्रशिक्षण गरेको द्दण्द्दद्दरद्दण्द्दघ मा लखनउ सुपर जोइन्ट प्लेअपमा पुगेको थियो भने अहिले कोलकाता पनि प्लेअपमा पुगिसकेको छ । के अब भारतको नयाँ प्रशिक्षकमा गौतम गम्भीर नियुक्ति होलान रु त्यो त उनले आवेदन दिए भने अवस्य था होला ।
को हुन गौतम गम्भीर ?
एक क्रिकेटरको रूपमा, गम्भीर बायाँ हाते ओपनिङ ब्याट्सम्यान थिए गम्भीर जसले दिल्लीका लागि घरेलु क्रिकेट खेलेका थिए, र इन्डियन प्रिमियर लिग ९आईपीएल० मा कोलकाता नाइट राइडर्स र दिल्ली डेयरडेभिल्सको कप्तानी गरेका थिए। उनले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय ९ओडीआई० द्दण्ण्घ मा बंगलादेश विरुद्ध डेब्यू गरे, र अर्को वर्ष अष्ट्रेलिया विरुद्ध आफ्नो पहिलो टेस्ट खेले। उनले २०१० को अन्त देखि २०११ को अन्त सम्म छवटा ओडिआईमा भारतीय टीम को कप्तानी गरे र भारत सबै छ खेलहरु लाई जित्यो। उनले सन् २००७ को विश्व ट्वान्टी२० ९५४ बलमा ७५ रन० र २०११ क्रिकेट विश्वकप ९१२२ बाट ९७० दुवै फाइनलमा भारतको जितमा अभिन्न भूमिका खेलेका थिए। गम्भीरको कप्तानीमा, कोलकाता नाइट राइडर्सले द्दण्ज्ञद्द मा आफ्नो पहिलो आईपीएल उपाधि जित्यो र २०१४ मा फेरि उपाधि जित्यो। लगातार पाँच टेस्ट म्याचमा शतक बनाउने एकमात्र भारतीय र चार अन्तर्राष्ट्रिय क्रिकेटरमध्ये गम्भीर थिए। उनी लगातार चार टेस्ट शृंखलामा ३०० भन्दा बढी रन बनाउने एकमात्र भारतीय ब्याट्सम्यान हुन्। अप्रिल २०१८ सम्म, उनी ट्वान्टी२० अन्तर्राष्ट्रियमा भारतका लागि छैटौं सर्वाधिक रन बनाउने खेलाडी हुन्। उनलाई अर्जुन पुरस्कार, भारतको दोस्रो सर्वोच्च खेलकुद पुरस्कार, सन् २००८ मा भारतका राष्ट्रपतिद्वारा प्रदान गरिएको थियो। २००९ मा, उनी आईसीसी टेस्ट रैंकिंगमा नम्बर एक ब्याट्सम्यान थिए। सोही वर्ष उनी आईसीसी टेस्ट प्लेयर अफ द इयर अवार्ड पाएका थिए। डिसेम्बर २०१८ मा, उनले क्रिकेटका सबै प्रकारबाट सन्यासको घोषणा गरे। २०१९ मा, उनी भारतीय जनता पार्टीमा सामेल भए र पूर्वी दिल्लीबाट लोकसभाको लागि चुनाव जिते। उनले २०२२ सम्म आईपीएलमा लखनऊ सुपर जायन्ट्सको मेन्टरको रूपमा सेवा गरे र २०२४ आईपीएल अघि कोलकाता नाइट राइडर्सको मेन्टरको रूपमा नियुक्त भए।