सरिता राई
इलामः १८ औँ जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा इलाममा अन्तरक्रिया कार्यक्रम गरिएको छ । मानव अधिकार मञ्च इलाम, जिल्ला प्रहरी कार्यालय इलाम र इलाम जिल्लामा दलित अधिकारको क्षेत्रमा क्रियाशील संघसंगठनहरुको संयुक्त आयोजनामा उपलब्धि र चुनौतिहरु विषयक छलफल अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
जातिय छुवाछूत तथा भेदभावका असर र चुनौतिहरु के कस्ता रहेका छन भन्ने समिक्षा गर्न र सम्बन्धित सरोकारवाला निकायको भुमिका कस्तो रहनुपर्दछ भन्ने विषयमा छलफल भएको हो ।
कार्यक्रमको उद्घाटन सत्रमा स्वागत गर्दै मन्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले अझैपनि भेदभाव छुवाछुत कायम रहेको बताउँदै यो सम्बन्धि भएका चुनौती र उपलब्धिहरुलाई कार्यान्वयनका लागि राजनीतिक दलका व्यक्तिहरु , सरोकारवालाहरु ध्यानाकर्षण गराउनका लागि दलित अधिकारको क्षेत्रमा क्रीयाशिल संघसंगठनहरुको सकारात्मक र अन्तर्क्रीयात्मक हस्तक्षेप गर्न आवस्यक रहेको बताउनुभएको छ ।
कार्यक्रमका एक सहभागिका अनुसार १८ औ दिवसमा आईपुग्दासम्म पनि दलितहरु समाजको दोस्रो दर्जाको रुपमा रहनुपरेको मानव भएर बाच्न पाँउ भन्ने आन्दोलनमा उत्रीरहनु परेको अवस्थो दुखद रहेको बताउनुभयो ।
अधिकारको क्षेत्रमा क्रीयाशिल संघसंगठनहरुको तर्फबाट प्रकाश परियारले यो जातिय विभेद तथा छुवाछूतको समस्या आफ्नो समुदायको मात्र नभई राज्यको समस्याको रुपमा लिन आवस्यक रहेको बताउनुभयो । यो भेदभाव नहटे समतामूलक समाज निर्माण नहुने र समतामूलक समाज नबने समृद्ध नेपाल बन्न नसक्ने उहाँको भनाई छ ।
नेकपा माओवादी केन्द्रको तर्फबाट जिल्ला कमिटि इलामको सचिवालय सदस्य गन्जु प्रधानले देशमा विभिन्न क्रान्ती, आन्दोलन पश्चात् विभिन्न अधिकारहरु प्राप्त भएपनी आधारभुत तहका व्यक्तिहरुले त्यो अधिकारको महसुस गर्न नपाएको धारणा राख्नुभयो । ।राजनितिक दलहरुले दलितहरुलाई भोट बैंकको रुपमा मात्र प्रयोग गर्ने दोश रहेको उहाँको भनाई छ । यो कुरामा दलहरु सच्चिन र दलितका सवालमा सक्रीय रुपमा लाग्न जरुरी पनि रहेको बताउनुभएको छ ।
यस्तै नेकपा एमालेका जिल्ला कमिटी सदस्य नरेन्द्र खडकाले जातिय विभेदका विषयमा विभिन्न निर्णय गरि अघि बढनुपर्छ भन्ने कुरा आफ्नो पार्टिमा राख्ने बताउँदै विभिन्न स्थानिय तहमा ९ जना दलित समुदायका व्यक्तिहरु निर्वाचित छन र उनिहरु एक भएर अघि बढन सके उपलब्धि हासिल हुने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यलय इलामका प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले आफुलाई यस्तो किसिमको काम साझेदारीमा काम गर्न पाउँदा खुशी लागेको बताउनुभयो । आफुहरुले कुनैपनी गैरकानुनी क्रीयाकलापलाई प्रहरिले कुनै पनि दवाव प्रभावमा नपरी काम गरिरहेको र यसतर्फ विश्वस्त हुन आग्रह समेत गर्नुभएको छ । यस्तै आफुहरुले यस विषयमा समुदायमा विभिन्न सचेतनाका कार्यक्रमहरु सन्चालन गरिरहेको बताउनुभयो ।
कार्यक्रमको प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी महेश प्रसाद तिम्सिनाले दलित अधिकारको क्षेत्रमा विभिन्न उपलब्धि रहेको बताउनुभयो । दलित र गैरदलितहरु विच हुने विभेदले पनि विभिन्न समस्या रहेको उहाँको भनाई छ । यसका निम्ति पहुँचमा भएका व्यक्तिहरु सकृय रुपमा लाग्न आवश्यक भएको तिम्सिनाले बताउनुभयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रहरी उपरीक्षक, प्रहरी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु , कार्यपालिका सदस्यहरु, दलित अधिकारको क्षेत्रमा क्रीयाशिल संघसंगठनहरुका प्रतिनिधिहरु, पत्रकार विद्यार्थीहरुको उपस्थित रहेको थियो । कार्यक्रम मानव अधिकार मन्चको सभाहलमा भएको हो । कार्यक्रमको सन्चालन मनकुमार बराइलिले गर्नुभएको थियो ।