सिद्धार्थ बैँक फिक्कलद्धारा जनक मा.विका विद्यार्थीलाई शैक्षिक सामाग्री

द्वारा प्रकाशित गरिएको हो |
२०८१ जेष्ठ २४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मनोज अधिकारी
इलाम,२४जेठः सिद्धार्थ बैँक फिक्कल शाखाले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । सूर्योदय नगरपालिका–४ स्थित जनक माद्यमिक विद्यालयका ५३ विद्यार्थीहरुलाई बैँकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाग्री वितरण गरिएको शाखाका अपरेशन इन्चार्ज पुजन सापकोटाले जानकारी दिनुभएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै शाखाले विपन्न तथा जेहेन्दार छात्र–छात्रालाई लक्षित गरि सामाग्री उपलब्ध गरिएको सापकोटाले बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक बेनुभक्त खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थ बैँकका प्रादेशिक प्रमुख सुवास श्रेष्ठले नेपाल राष्ट्र बैँकद्धारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तोकिएको प्रावधान र तोकिएको क्षेत्र अन्तर्गत शैक्षिक क्षेत्रलाई छनोट गरी कार्यक्रम  गरिएको बताउनुभएको छ ।

बैँकका फिक्कल शाखा प्रमुख बालकृष्ण रिजालले बालबालिकाको अध्ययनमा थप उर्जा र उत्साह थप्ने उद्धेश्यले यस्ता कार्यक्रम राखिएको बताउनुभयो । उहाँले बैँकसग जोडिएर बचत संस्कारको विकास गर्नसके भविष्य सहज बन्ने बालबालिकालाई सुझाव दिनुभएको छ ।

कार्यक्रमका अध्यक्ष प्रधानाध्यापक खनालले जनक मा.वि. लाई छनोट गरिदिएकोमा बैँकलाई धन्यवाद दिनुभएको छ । उहाँले सेवा सुविधा सहितको उत्तरदायित्व बहनले बैँकप्रति बालबालिकाको समेत आकर्षण बढाएको बताउनुभयो ।

कार्यक्रममा वडासदस्य पुण्य प्रसाद पोखरेल, अभिभावक, शिक्षक, विद्यार्थी लगायतको उल्लेख्य उपस्थिति रहेको बैकका कर्जा अधिकृत गणेश ढकालले जानकारी दिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय