वातावरण जोगाउन सुम्बेकमा चेतनामुलक कार्यक्रम

द्वारा प्रकाशित गरिएको हो |
२०८१ जेष्ठ २४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

विष्णु गड्तौला

सुम्बेक(इलाम)– विश्व वातावरण दिवस (मे ५) को अवसरमा इलाम नगरपालिका २, सुम्बेकमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

स्थानीय सुम्बेक स्टार इङ्लिस बोर्डिङ स्कुुलले विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाएको हो ।

विश्व वातावरण सन्–२०२४ को नारा ‘आवर ल्यान्ड, आवर फ्युचर’ लगायत विभिन्न जनचेतनामूलक नारा लेखिएका प्ले–कार्डसहित स्कुलबाट र्‍याली निस्किएको थियो ।

र्‍यालीले स्कुलबाट करिब एक किलोमिटरमा रहेको वडा कार्यालय तथा सुम्बेक बजार परिक्रमा गरेको थियो । र्‍यालीपछि सामुदायिक भवनमा जनचेतनामूलक कार्यक्रम आयोजना गरियो ।

स्कुल सञ्चालक समिति अध्यक्ष भोगेन्द्र पोख्रेलको अध्यक्षता तथा इलाम २ का वडा सदस्य राजेन देवानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा सदस्य मीना दाहाल गड्तौला, वडासचिव होम शिवाकोटी, सुम्बेक महिला कृषि सहकारीकी व्यवस्थापक पवित्रा खतिवडालगायतको पनि सहभागिता थियो ।

शिक्षक तथा विद्यार्थीको उपस्थिति रहेको कार्यक्रममा वातावरण दिवस किन मनाउने गरिन्छ भन्ने विषयमा विद्यार्थी निश्चल पोख्रेल, डोनिसा याक्खा, शिक्षक रोहन राई, वडा सदस्य राजेन देवानले मन्तव्य राखेका थिए ।

त्यस अवसरमा वडा कार्यालय परिसरमा गुराँसका ६० बिरुवा रोपिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय