
सरिता राई
इलाम,२४जेठः मानव अधिकार मञ्च नेपालको आयोजना, सन्दकपुर गाँउपालिकाको आर्थिक सहयोग र राष्टिय युवा परिषद नेपालको सहकार्यमा युवा क्लव गठन तथा नमुना संसद अभ्यास कार्यक्रम अन्तर्गत पालिका स्तरिय युवा क्लव गठन सम्पन्न भएको छ।
विषम खतिवडाको अध्यक्षतमा २० सदस्यीय पालिकास्तरिय युवा क्लब गठन भएको हो। यसअघिनै गठित वडास्तरिय युवा क्लबबाट ३ ,३ जना छनोट गरि आएका युवाहरुबाट पालिका स्तरिय युवा क्लब गठन भएको छ । क्लबमा युवा परिषदको कार्यविधिले तोकेको १६ वर्ष देखि २४ वर्षसम्मका युवाहरु रहेका छन।



युवामैत्री स्थानीय तह निर्माण र कार्यक्रम सन्चालनको लागि स्थानिय तहमा युवा सम्बन्धि संस्थागत संरचनाको स्थापना गर्न प्रोत्साहन गरि स्थानिय तहसँग प्रत्यक्ष रुपमा जोड्ने र नेतृत्व क्षमता वृद्धि गर्ने उद्देध्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो।
सन्दकपुर गाँउपालिकालाई युवा मैत्री गाँउपालिकाको रुपमा विकास गर्ने सम्बन्धमा यो कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक सन्तोष मगरले जानकारी दिनुभयो ।
युवा क्लबको गठनपछि पलिकाभरिका युवाहरु एकजुट भएर स्थानिय सरकारलाई आवश्यक परेको कुरामा सहयोग गर्न स्थानिय विकासको लागि परिचालित हुनको लागि सहयोग मिल्ने क्लबका अध्यक्ष विषम खतिवडाले बताउनुभएको छ।
मानव अधिकार मन्चका अध्यक्ष मोहनसिंह थेवेले अध्यक्षता गर्नुभएको कार्यक्रममा पालिका प्रमुख तुलाराम गुरुङ्ग्को प्रमुख आथित्यता रहेको थियो।