विक्रम सुन्दास
इलाम,२५जेठः रोङ उद्योग वाणिाज्य संघ द्वारा आयोजित रोङ प्रथम पर्यटन तथा कृषि महोत्सव २०८१ को आयव्यय सार्वजनिक गरिएको छ । प्रसिद्ध धार्मिक स्थल पाथिभाराको हाँसपोखरीमा गत बैशाख ६ गते सम्म संचालित महोत्सवमा आम्दानी तर्फ रू ६ लाख ९८ हजार २ सय ८५ भएको छ । खर्च तर्फ ९ लाख ५८ हजार २ सय २० रूपैयाँ भएको आयोजक समितिले जनाएको छ । जसमध्ये १ लाख ६३ हजार ९ सय ३५ समितिलाई दायित्व रहेको छ ।
आम्दानीका शिर्षकहरूमा गाउँपालिकाबाट रू १ लाख, संघसंस्था र उद्योगी व्यावसायीबाट रू २ लाख ३४ हजार ५ सय ८५ , प्रवेश टिकटबाट ७३ हजार २ सय, स्टल बिक्रिबाट २७ हजार, मनोरञ्जन खेलबाट १ लाख, आन्तरिक सापटीबाट ७६ हजार ,होटल व्यावसाय बाट, ५० हजार, टेण्ट एवम साउण्ड सिस्टमबाट ३० हजार र पार्किङ शुल्क बापत ३ हजार ५ सय रहेका छन । खर्चका शिर्षकहरूमा मैदान व्यवस्थापनमा ६१ हजार २ सय २० , प्रचार९प्रसारमा ७० हजार, खाना नास्ता तथा अतिथि व्यवस्थापनमा १ लाख ६० हजार , टेन्ट र गेटमा २ लाख ३० हजार, साउण्ड सिस्टम खर्च १ लाख ६० हजार, कलाकार तर्फ २ लाख १७ हजार र छपाई तथा मसलन्दमा ६० हजार भएको विवरण संघका अध्यक्ष नगेन्द्र राईले प्रस्तुत गर्नु भएको थियो ।
उहाँले यो पहिलो प्रयास भएकाले पनि आफुहरूले धेरै कुरा सिकेकाले आगामी बर्ष भने बृहत् गर्ने गरीको तयारी आजै बाट भएको बताउनु भयो । उहाँले महोत्सव सफल बनाउन लागिपर्नुहुने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभयो । आयव्यय सार्वजनिकको अवसरमा मिडिया पार्टनर रेडीयो बुद्धवाणी एफएम र इलाका प्रहरी कार्यलय पशुपतिनगरई प्रसंशा पत्र प्रदान गरिएको छ । हाँसपोखरीको कभर्डहलमा भएको कार्यक्रमलाई संघका महासचिव माधव निरौलाले संचालन गर्नुभएको संघका उपाध्यक्ष डाइमन्ड तिमलसिनाले जान्कारी दिनुभयो ।