सूर्योदय २–मा मानसिक स्वास्थ्य तथा मनोपरामर्श तालिम

द्वारा प्रकाशित गरिएको हो |
२०८१ जेष्ठ २७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम(फिक्कल)ःसूर्योदय नगरपालिका वडा नं २ मा मानसिक स्वास्थ्य तथा मनोपरामर्श तालिम सुरु भएको छ । वडा कार्यालयको आर्थिक सहयोग तथा श्रीयम मिडिया प्रा.लि. इलामको आयोजनामा सुरु तालिमलाई मानव अधिकार मञ्च इलामका रुद्र थेबेले प्रशिक्षण गरिरहनुभएको छ । तालिममा उक्त वडाका स्वास्थ्य स्वयम् सेविका, महिला, विद्यार्थी, शिक्षक लगायत गरि ४४ जनाको सहभागिता रहेको कर्मचारी नीमा तामाङले जानकारी दिनुभएको छ ।

पछिल्लो समय मृत्युदरको भारमा नसर्ने रोगहरुकोे भार बढिरहेकोमा मानसिक रोग एक प्रमुख रोग रहेको प्रशिक्षक थेबेले बताउनुभयो । समुदायस्तरमा मानसिक रोगको उपचारको सहज पहुँच नभएको, धेरैजसो मानसिक रोगको औषधीहरु निःशुल्क पाईने भएतापनी समुदायस्तरमा कार्यरत स्वास्थ्यकर्मिहरुलाई मानसिक स्वास्थ्य सम्बन्धि तालिम नभएको अवस्थामा सर्वसाधरणले सहरमा गएर चर्को मुल्यमा उपचार गराउनुपर्ने बाध्यता रहेको उहाँको भनाई छ ।

मानसिक रोगहरुसँग सम्बन्धित विभिन्न लाञ्छाना तथा विभेदको कारणले उपचारको पहुँचमा जान डराउने र उपचारको पहुँचमा पुगेकाहरुले पनि प्रभावकारी उपचारलाई निरन्तरता दिन नसकेको कारण समुदायमा मानसिक समस्या निको नहुने रोगको रुपमा बुझिने गरेको नेपाल पत्रकार महासंघ इलामकी पूर्व अध्यक्ष कोकिला ढकालको बुझाई छ ।

तालिमपश्चात समुदायस्तरबाटै मानसिक रोगको निदान, उपचार तथा आवश्यक आधारभुत मनोसामाजिक सहयोग र जटिल समस्या भएकाहरुलाई सिफारिस गर्नको लागी सहज हुने वडाले विश्वास लिएको कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष डिक बहादुर बम्जनले बताउनुभयो । समुदायमा मानसिक रोगबारे भएका लाञ्छाना तथा विभेदको रोकथाम गर्न र सर्वसाधरणलाई निःशुल्क उपचारको पहुँच विस्तार गर्नमा तालिमले महत्वपुर्ण भूमिका खेल्नेमा आफुहरु ढुक्क रहेको सूर्योदय नगरपालिका सामाजिक विकास समितिका संयोजक समेत रहनुभएका वडाध्यक्ष बम्जनले बताउनुभयो ।

मानसिक स्वास्थ्यलाई सरकारी पक्षबाट यथेष्ट प्राथमिकता नभएको अवस्थामा स्थानियतहबाट यस्ता कार्यक्रम प्राथमिकताका साथ संचालन गर्न सकेमा मानसिक स्वास्थ्य सेवाको पहुँच आम समुदायमा दिर्घकालिन रुपमा विस्तार हुने आयोजक संस्थाका अध्यक्ष भीम चापागाँईले बताउनुभयो ।

कार्यक्रममा वडासदस्यहरु उपेन्द्रराज पाण्डे, नहकुल खड्का, चन्द्रकला खत्री, पशुपति नेशनल एकाडेमीमा प्रिन्सिपल छत्र भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय