इलामः स्वर्गीय बुबा मेकबहादुर योङहाङको स्मृतिमा फाकफोकथुम–७ मा योङहाङका परिवारले पुरानो कुवाको जीर्णोद्धार तथा मर्मत संरक्षण गरेका छन् ।
२०७८ सालमा स्वर्गीय भएका मेकबहादुरका छोरा दानबहादुर योङहाङ लिम्बू र उनका परिवारले खानेपानीका लागि स्थानीय कुवा मर्मत तथा संरक्षण गरेका हुन् ।
वैदेशिक रोजगारीका लागि दुबईमा रहेका दानबहादुर र उनका परिवारले ९५ हजार सात सय ५० रुपैयाँको लागतमा कुवाको मर्मत तथा जीर्णोद्धार गरेको स्थानीय पञ्च योङहाङले बताए । कुवाको संरक्षणका क्रममा ०५६र०३र०३ को हस्त लिखित शिलालेख समेत भेटिएको बताइएको छ ।
पूर्खाकै पालादेखि पिउन योग्य र सफा मानिएको यो कुवाको वरपर दिसापिसाब गरे विरामी भइने जनविश्वास रहेको बताइएको छ ।