विर्तामोडमा ट्राफिक सप्ताह तथा प्रभातफेरी कार्यक्रम सम्पन्न

द्वारा प्रकाशित गरिएको हो |
२०८१ असार ७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

रोशन काफ्ले
विर्तामोडः जिल्ला ट्राफिक कार्यलय झापाको आयोजनामा आज बिर्तामोडमा ट्राफिक सप्ताह तथा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोड ५ स्थित जिल्ला ट्राफिक कार्यलय अगाडि बाट सुरुभएको कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी , जिल्ला स्थित सुरक्षा निकायका प्रमुख , विभिन्न राजनैतिक दलका जनप्रतिनिधिहरु , विभिन्न विद्यालयका विद्यार्थीहरु , संघसंस्थाका कर्मचारिहरु , उद्योगी व्यापारिहरुको बाक्लो उपस्तिथिमा विभिन्न ट्राफिक सचेतना लेखिएका प्लेकार्ड सहित विर्तामोड बजार परिक्रमा गरिएको थियो ।

उक्त र्‍याली बिर्तामोड ४ स्थित बिर्ता पार्टी प्यालेसको सभाहलमा पुगेर झापाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको प्रमुख आतिथ्यता , जिल्ला स्थित सुरक्षा निकायका प्रमुख लगायतको आतिथ्यतामा दुर्घटना न्यूनीकरणको लागि ट्राफिक सप्ताह कार्यक्रम उद्घाटन भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय