सीमा क्षेत्र सन्दकपुरबाट दुईवटा गाडी सहित अवैध सामान बरामत

द्वारा प्रकाशित गरिएको हो |
२०८१ असार १५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः नेपाल–भारत सीमा क्षेत्र सन्दकपुर गाउँपालिका–५ जौबारी तुम्लिङ फाटकबाट नेपाल तर्फ ल्याउँदै गरिएको अवैध सामान बरामत गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरबाट सशस्त्र प्रहरी नायव उपरिक्षक हेम बहादुर श्रेष्ठको कमाण्डमा खटिएको १५ जनाको मोबाईल टोलिले दश लाख मूल्य बराबरको दुईवटा भारतीय नम्बर प्लेटको महेन्द्र मार्शल गाडी सहित दुई लाख ६५ हजार २ सय ५८ मूल्यको अवैध सामान बरामत गरिएको सूर्योदय नगरपालिका–२ का वडासदस्य उपेन्द्रराज पाण्डेले जानकारी दिनुभएको छ ।

‘सशस्त्रको टोली देखेपछि गाडी छोडेर चालक फरार भए । तर, गाडी र ठुलो मूल्यको अवैध सामान गत १० गते नै बरामत गर्न सकियो ।’ सशस्त्र प्रहरी नायव उपरिक्षक श्रेष्ठले भन्नुभयो, ‘जिल्लाको राष्ट्रिय अनुशन्धान विभागका कर्मचारीले दिएको विशेष सुचनाका आधारमा निगरानी बडाउँदा सो फेला परेको हो ।’

प्रहरीले एक लाख चालिस हजारको २५ कार्टुन रम, ६० हजारको दश कार्टुन हिट बियर, गमबुट २० हजार ६ सय ५० को ५९ थान, ८ हजार ४ सयको तीन सय केजी चामल, तीन हजार एक सय ६८ को ११ थान बिस्कुट, दश हजारको दुई सय १० थान बिडि, चार हजार दुई सयको भाडा माझ्ने साबुन, ५ हजार ४० को युरिया मल, तीन हजार ८ सय को मैदा बरामत गरेको बताएको छ ।

भन्सार छलेर अवैध रुपमा सामान ओसार प्रसार गर्ने क्रम बड्न थालेपछि सुरक्षाकर्मीले निगरानी बडाईरहेको बताईएको छ । वडासदस्य पाण्डेले जनप्रतिनिधि र प्रहरीको आँखा छलेर अवैध धन्दा बडेको सुचना पाएपछि त्यसलाई नियन्त्रण गर्न सबै सरोकारवाला मिलेर कडाई सुरु गरिएको बताउनुभएको छ । बरामत गरिएका सामान पशुपतिनगर स्थित भन्सार कार्यालयमा बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय