इलाम, इलामको सूर्योदय नगरपालिकाको वर्षे अधिवेशन सम्पन्न भएको छ । गत वैशाख ७ गते शुरु भएको १५ औं अधिवेशन मंगलबार सम्पन्न भएको हो । मंगलबार बसेको अधिवेशनको छैटौं वैठकले स्थानीय वनको प्रवर्द्धन, संरक्षण, व्यवस्थापन तथा उपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ , नगर सडक यातायात गुरुयोजना पुनरावलोकन सम्बन्धी प्रस्ताव, दिगो विकास लक्ष्यको स्थानीयकरण मार्गचित्र ९२०२४(३०० र विपद् उत्थानशील योजना पारित गरेको छ ।
नगरसभाको वर्षे अधिवेशनबाट नीति कार्यक्रम, आगामी वर्षको बार्षिक बजेट, न्यायिक समितिले उजुरीको कारबाही किनारा तथा फैसला कार्यान्वयन गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ र सूर्योदय नगरपालिकाको सवारी तथा यातायात व्यवस्थापन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ समेत पारित गरेको छ ।
नगर सभाको अधिवेशन अन्त्य गर्दै नगर प्रमुख रण बहादुर राईले नगरको विकासका लागि पहल र साझेदारी गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । उनले सूर्योदय नगरपालिका अन्य पालिकाहरुको लागि सिकाइको थलो बन्दै गएकाले नमूना नगर बन्ने गरी काम गर्न जनप्रतिनिधि र कर्मचारीहरुको ध्यानाकर्षण गराएका छन् ।
यस अधिवेशनले सूर्योदय नगरपालिकाको आगामी वर्षको लागि १ अर्व ४१ करोड ४६ लाख २७ हजार ५ सय को वार्षिक बजेट पारित गरेको हो।
चालु आर्थिक वर्षको समाप्ति सँगै सूर्योदय नगरपालिकाले कुल वार्षिक बजेटको ८८।३८ प्रतिशत खर्च गरेको छ । कूल १ अर्ब ९ करोड ५८ लाख ७५ हजार ७८१ वार्षिक बजेटमध्ये ९६ करोड ८५ लाख ६८ हजार ५९४।२४ खर्च गरेको छ । चालु खर्चका लागि ६९ करोड ८३ लाख ७५ हजार १७० विनियोजन मध्ये। ६१ करोड ६० लाख ७८ हजार ९८९।१६ अर्थात् ८८।२२५ खर्च भएको छ। त्यस्तै पूंजीगत खर्चका लागि ३९ करोड ७५ लाख ७६४ विनियोजन मध्ये ३५ करोड २४ लाख ८९ हजार ६०५।०८ अर्थात ८८।६८५ खर्च भएको छ । यस वर्षको बजेट गत असार २०८० को १३ औं अधिवेशनबाट पारित भएको हो ।