सूर्योदय–१० का ८० किसानलाई चिया टिप्न हाते मेसिन

द्वारा प्रकाशित गरिएको हो |
२०८१ असार २८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः सूर्योदय नगरपालिका–१० ले ८० जना किसानलाई चिया टिप्न हाते मेसिन वितरण गरेको छ । वडा कार्यालयले कृषकहरुलाई पचास प्रतिशत साझेदारीमा १२ लाख बराबरको मेसिन बिहिबार वितरण गरेको वडा सचिव सरु दाहालले जानकारी दिनुभएको छ । ‘मेसिन प्राप्त गर्नेमा २० जना श्रमजीवि महिला, २७ जना युवा र ३३ जना अगुवा कृषक हुनुुहुन्छ ।’ सचिव दाहालले भन्नुभयो ।

वडाध्यक्ष पेमा उर्गेन लामाले चियाको टिपाईमा सुधार ल्याउन मेसिन जरुरी भएकाले किसानलाई अनुदानमा वितरण गरिएको बताउनुभएको छ । उहाँले सबै किसानलाई एकै पटक वितरण गर्न नसकिएपनि प्रभावकारिता र आवश्यकता हेरेर यसलाई निरन्तरता दिईने बताउनुभएको छ । मेसिन वितरण कार्यक्रममा सहभागीलाई वडाध्यक्ष लामाले चियाको टिपान, बजारको अवस्था, न्युनतम समर्थन मुल्य लगायतका विषयमा जानकारी गराउँदै चियाको गुणस्तर सुधारमा लागिपर्न आग्रह गर्नुभएको छ । वडा सदस्य पदम बहादुर राईले मेसिनले चियाको गुणस्तर प्रवर्धनमा उल्लेख्य भुमिका खेल्ने भएकाले सदुपयोग गर्न किसानलाई भन्नुभएको छ ।

वडाबासीले यो कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन् । जनशक्ति अभावले चिया टिप्न मुस्किल र टिपानमा सुधार गर्न चुनौति परिरहेको बेला वडाले प्रविधिमा अनुदान दिएर सहजता ल्याईदिएको किसान बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय