सूर्योदयका मेयर राईसँग श्रीलंकाली राजदूत पाथिरानाको भेट

द्वारा प्रकाशित गरिएको हो |
२०८१ श्रावण १२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

(फिक्कल)इलामः सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईसँग नेपालका लागि श्रीलंकाका राजदूत एअर चिफ मार्सल सुदर्शन पाथिरानाले शिष्टाचार भेट गरेका छन् ।

श्रीलंका, स्वीस, फिनल्याण्ड, दक्षिण कोरियाको राजदूतहरुका साथै यूएनडीपि प्रमुखहरुसँ गएराती भएको उक्त भेटमा सूर्योदयको चियाको विश्व बजारीकरणका विषयमा कुराकानी भएको मेयर राईले जानकारी दिए । नेपालका लागि श्रीलंकाका राजदूत एअर चिफ मार्सल सुदर्शन पाथिरानाको निमन्त्रणमा भएको भेटमा चिया सम्बन्धी लामो छलफल भएको मेयर राईले बताए ।

‘श्रीलंकामा सन् १८८३ मा नै अक्सन केन्द्र स्थापना भएको हो ।’ राईले भने, ‘त्यहाँ बार्षिक अनुमानित दुई सय ४१ दशमलव ९ मिलियन केजी चिया उत्पादन हुन्छ भने नेपालमा अनुमानित २३ मिलियन केजी उत्पादन हुन्छ ।’

सानो देश भएपनि श्रीलंकाको चिया कसरी विश्व प्रशिद्ध छ? बजारीकरण कसरी गरिन्छ? केन्द्रीय सरकार र व्यवसायीहरुको भुमिका कस्तो हुन्छ भन्ने सन्दर्भमा छलफल भएको मेयर राईले बताएका छन् ।

‘उहाँहरुले प्राविधिक कुरामा सहयोग गर्ने प्रतिबद्धता दिनुभएको छ । सरुकार र व्यवसायीको सपोर्ट हुने आश्वासन पाएका छौँ ।’ राईले भने।

अनौपचारिक भेट भएपनि सूर्योदयको चियाका लागि महत्वपूर्ण बनेको बताउँदै मेयर राईले विभिन्न देशका राजदूतसँगको बाक्लो भेटघाटले अन्तराष्ट्रिय जगतमा नगरपालिका परिचित बन्दै गएको बताएका छन् । नगरपालिकालाई ब्राण्ड बनाउने कुरामा साथ पाएको उनको भनाई छ । सो अवसरका लागि नेपालका लागि श्रीलंकाका राजदूत एअर चिफ मार्सल सुदर्शन पाथिरानालाई उनले धन्यवाद दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय