पशुपतिनगरमा महिला प्रहरी आवास गृह

द्वारा प्रकाशित गरिएको हो |
२०८१ श्रावण २०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः इलामको पशुपतिनगरमा रहेको इलाका प्रहरी कार्यालयमा महिला प्रहरीका लागि निर्माण गरीएको आवास गृहको उद्घाटन गरीएको छ ।
कोशी प्रदेश सरकारको ३८ लाख ११ हजार पाँच सय ९० रुपियाँको लागतमा एक तले महिला प्रहरी आवास गृहको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले उद्घाटन गर्नु भएको हो । प्रदेश सरकारको लगानी तथा कोशी प्रदेश प्रहरी प्रहरी कार्यालय भौतिक पूर्वाधार शाखाको समन्वयमा ६५ बर्गमिटर क्षेत्रफल भएको आवास गृह, भान्सा घर र चौचालय निर्माण गरीएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक बिष्णु बहादुर खड्काले जानकारी दिनु भयो ।
भवन उद्घाटन गर्दै प्रहरी नायव महानिरीक्षक खापुङले सेवा बिस्तार संगै जनमुखी भएर काम गर्न प्रहरी कर्मचारीलाइृ निर्देशन दिनु भयो । उहाले प्रहरीले समयाअनुकुल आफु परिमार्जित भएर नागरिकलाई जनअपेक्षा अनुरुप काम गर्नु पर्ने बताउनु भयो । उहाले भन्नु भयो‘भौतिक पूर्वाधारमा अझै धेरै ठाउमा समस्या छन, क्रमश सुधार गर्दै लैजानु पर्दछ ।’
कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले नेपाल भारत सीमा क्षेत्रमा रहेको इलाका प्रहरी कार्यालयलाई थप ब्यवस्थित बनाउनु पर्ने बताउनु भयो । कार्यक्रममा इलाम नगरपालिकाका नगर प्रमुख केदार थापा, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, सूर्योदय उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईले प्रहरीले नागरिकका समस्या बुझेर काम गर्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा भारतको पश्चिम बंगाल प्रहरी प्रमुख बिवेक क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक प्रभु ढकालले इलाम जिल्लाभर ७१ जना महिला प्रहरी कार्यरत रहेको जानकारी दिनु भयो । उहाले महिला भवन निर्माणले महिला प्रहरीका लागि आवासमा सहज भएको जानकारी दिनु भयो । उहाले सीमा क्षेत्रमा रहेको इलाका प्रहरी कार्यालय सामरिक दृष्टिकोणले महत्वपूर्ण रहेको बताउनु भयो । कार्यक्रमको संचालन प्रहरी कर्मचारी बिजय मुकारुङ राईले गर्नु भएको थियो । hamropalika

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय