सरिता राई
इलामः ३० औ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला इलामको आयोजनामा इलाम अस्पतालका विरामिहरुलाई शुक्रबार फलफुल वितरण गरिएको छ।
पहिचान र अधिकारको सुनिश्चितताको लागि आदिवासी जनजाती आन्दोलनमा सहभागी बनौ परम्परागत ज्ञान , सिपको प्रवर्धन गर्दै पुर्ख्यौली भुमि, भाषा र संस्कृति संरक्षण गरौ भन्ने मुल नाराका साथ देशभरि दिवस मनाईएको हो ।
आदिवासीले आफ्नो अधिकार स्तापित गर्नका लागि विभिन्न खालका आन्दोलन गर्दै आएको छ। यस सन्दर्भमा संयुक्त राष्ट्र संघले सन १९९३ अगस्ट ९ तारिख का दिन विश्व आदिवासी वर्षका रुपमा घोशीत गर्यो।यो घोषित गरेपछी विश्वभरिका आदिवासीहरुले त्यसदिनलाई दिवस मनाउदै आएका छन् ।
यसै सन्दर्भमा आदिवासी महासंघ इलामले इलाम अस्पतालका बिरामिहरुलाई फलफुल वितरण गरि मनाएको महासंघका उपाध्यक्ष भक्त थामिले बताउनुभयो। आफ्नो नेतृत्वमा अस्पतालका ४० भन्दा बढी बिरामिलाई फलफूल वितरण गरि ३० औ दिवश मनाउन पाउँदा खुशी लागेको बताउनुभयो ।
उक्त कार्यक्रमा महासंघका सचिव ,सहसचिव, कोषाध्यक्ष विभिन्न संगठ्नकाप्रतिनिधी, पत्रकार लगायतको उपस्तिथि रहेको थियो।