मंसिर २२ देखि दोस्रो इलाम गोल्डकप हुने

द्वारा प्रकाशित गरिएको हो |
२०८१ भाद्र १३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः इलाम गोल्डकपको दोस्रो संस्करण आउँदो मंसिरमा सञ्चालन गरिने भएको छ । रेडहर्स फुटबल क्लबले इलामको ठूलो टुँडिखेलमा मंसिर २२ देखि २९ सम्म प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा सहभागी हुने सम्भावित आठ टिमको नामसमेत आयोजकले ९आज० बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको छ । सहभागी हुने टिममा न्युरोड टिम ९एनआरटी०, मच्छिन्द्र, थ्रिस्टार, संकटा, त्रिभुवन आर्मी, बिर्तामोड युनाइटेड, अफ्रिकन क्लब दाउफिन्स र आयोजक रेडहर्स फुटबल क्लब छन् ।

आयोजक समितिका साङ्गे योल्मोले प्रतियोगिताका लागि तयारी सुरु भएको बताए । ‘हामीले अब मैदान र आर्थिक सहयोगसहितका काम सुरु गरेका छौं,’ उनले भने, ‘गतवर्षको प्रतियोगिता भव्य भएकाले हामी उत्साही छौं ।’

विजेताले नगद १० लाख रुपैयाँ पाउनेछ । उपविजेताले पाँच लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा ७८ लाख रुपैयाँ खर्च अनुमान गरिएको आयोजक समितिका निरोज खड्गीले जानकारी दिए । ‘प्रतियोगिताको मुख्य प्रायोजकबाट २० लाख रुपैयाँ र तथा गेटमनीबाट १८ लाख रुपैयाँ आम्दानी हुने अनुमान छ,’ खड्गीले भने, ‘विभिन्न सरकारी र गैरसरकारी निकायबाट प्रतियोगिताको आय संकलन गरिनेछ ।’

गत माघमा भएको पहिलो संस्करणमा एनआरटीले उपाधि जितेको थियो । टाइब्रेकरमा बिर्तामोड युनाइटेडलाई ४–३ गोलान्तरले पाखा लगाउँदै उपाधिमा कब्जा जमाएको एनआरटीले नगद पाँच लाख पाएको थियो । उपविजेता झापाले तीन लाख रुपैयाँमा चित्त बुझाएको थियो । यसपटक पुरस्कार राशि दोब्बर बनाइएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय