प्रविन बिसि,लक्ष्मिपुरः राष्ट्रिय युवा संघ नेपाल, सूर्योदय नगर कमिटिले संगठन विस्तार बढाएको छ । वडा तहसम्म मात्र गठन भएको कमिटि हाल विभिन्न वडाको टोलसम्म नै विस्तार हुन थालेको छ ।
सूर्योदय–१३ स्थित युवा संघ वडा कमिटिले शुक्रबारदेखि टोल कमिटी विस्तार कार्य सुरु गरेको हो । सूर्योदय भित्रका १४ वटै वडामा कतै कमिटी गठन त कतै पुनः गठन गरिएको नगरकमिटि सचिव प्रकास अधिकारीले बताउनुभयो । ‘अब वडा कमिटीले आफ्नो क्षेत्रभित्र पर्ने प्रत्येक टोलहरुमा टोल कमिटी गठन गर्नेछन् ।’ अधिकारीले भन्नुभयो ।
साविक लक्ष्मीपुर गाविसमा पर्ने ३, ६, ७, र ९ गरी ४ वटा वडमध्ये ६ नम्बरमा पर्ने आम्फि भञ्ज्याङ्ग र खानि भञ्ज्याङ्ग टोललाई समायोजन गरेर अम्फि भञ्ज्याङमा युवा संघ नेपाल वडा कमिटीले २१ पदाधिकारीको टोल कमिटी गठन गरेको हो ।
वडा कमिटीका अध्यक्ष मनोज राईको उपस्थिति तथा नेकपा एमाले वडा कमिटिका सचिव चन्द्र कार्की डोलीको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
नव गठित कमिटिको अध्यक्षमा सन्देश राई चयन हुनु भएको छ भने उपाध्यक्षमा अस्मित राई ,सचिब सन्ध्या राई, सह सचिब उज्वल राई, आर्थिक सम्योजक नुर्जा राई, आर्थिक सह संयोजक निशान तामाङ र सदस्यहरुमा दिपेन राई, दिनेश तामाङ, नरेश राई, योगेन मगर, आशिष आचार्य, बिबेक आचार्य, समीर राई, योगेश राई, अनुप राई, आशिम राई, उर्गेन तामाङ, अजय राई, दीपक राई, कमल राई, सुक्रराज राई, प्रसन राई चयन हुनु भएको छ ।
सूर्योदय नगरपालिका भित्र पर्ने भित्री ठाउँ खानि भञ्ज्याङ्ग र चोकटी गाउँमा २ वटा स्टेचर वितरण गर्ने वडा कमिटिले तयारी गरिरहेको अध्यक्ष राईले बताउनुभयो । साथै खेलकुद खेलाडीहरुलाई भलिबल, नेट जाली र बुटवल वितरण गरिने अध्यक्ष राईको भनाई छ ।
आउँदो १८ गते ७ नम्बर र ९ नम्बर टोल कमिटी गठन गरिनेछ । २२ गते ३ नम्बरको डाक्टर गाउँमा टोल कमिटी गठन गरिने युवा सङ्घ वडा कमिटीका सचिव रितिका राईले जानकारी दिनुभयो ।