प्रेस चौतारीबाट इलामका तीन पत्रकार पुरस्कृत

द्वारा प्रकाशित गरिएको हो |
२०८१ भाद्र २१, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः इलामका तीन पत्रकार पुरस्कृत भएका छन् । प्रेस चौतारी नेपाल इलाम शाखाले पत्रकारहरू बलराम बराइली, सरिता राई र सन्तोष गिरीलाई पुरस्कृत गरेको हो ।

बराइलीलाई प्रेस चौतारी पुरस्कार–२०८०, राई र गिरीलाई क्रियाशील पत्रकारिता पुरस्कार–२०८१ प्रदान गरिएको हो । सदरमुकाममा आयोजित समारोहमा जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राई, चौतारी केन्द्रीय लेखा आयोग अध्यक्ष सटेन्द्र जबेगूलगायत विभिन्न अतिथिले पुरस्कृत व्यक्तित्वलाई सम्मानपत्र, नगद र दोसल्ला प्रदान गरे ।

पत्रकार बराइली २०६४ सालदेखि पत्रकारितामा क्रियाशील छन् । उनी जनसंसद् राष्ट्रिय दैनिक हुँदै इलामको इलाम पोस्ट दैनिकमा कार्यरत छन् । पत्रकार राई २०७६ सालबाट इलाम एफएम, सप्तरंगी अनलाइन, इलाम पोस्ट हुँदै अहिले सेवारोखबरमा कार्यरत छिन् ।

२०७६ सालमा पत्रकारिता सुरु गरेका गिरी अहिले रेडियो नेपाल र चुलाचुली मिडियामा आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय