इलाम जिल्ला अदालत देशभरमा तेस्रो

द्वारा प्रकाशित गरिएको हो |
२०८१ भाद्र २४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम– गत आर्थिक वर्ष २०८०र०८१ को कार्यसम्पादनमा इलाम जिल्ला अदालत देशभरमा तेस्रो भएको छ ।

सर्वोच्च अदालतले कार्य सम्पादनका आधारमा गरेको मूल्यांकनमा देशका ७७ जिल्ला अदालतमध्ये इलाम तेस्रो बन्न सफल भएको हो ।

गत आवमा संख्याका आधारमा लक्ष्यनजिक पुुगेको, ६७ प्रतिशत मुद्दा फस्र्योट भएको र दुई वर्षभन्दा बढी अवधिका मुद्दाको संख्या शून्य रहेको अदालतका सूचना अधिकारी अर्जुन राईले जानकारी दिए ।

न्यायसम्पादनमा उत्कृष्ट कार्य गरेवापत् सर्वोच्चको मूल्यांकनमा ७७ जिल्लामध्ये तेस्रो स्थानमा आउन सफल भएको राईको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय