क्यान्सरपीडितलाई सुम्बेक स्टारका शिक्षक–विद्यार्थीको सहयोग

द्वारा प्रकाशित गरिएको हो |
२०८१ भाद्र २४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम – इलाम नगरपालिका–२, सुम्बेकस्थित सुम्बेक स्टार इंग्लिस बोर्डिङ स्कुलका विद्यार्थी र शिक्षकले स्कुलका पूर्वशिक्षककी आमाको उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।

पूर्वशिक्षक मौसम ढुङ्गानाकी आमा ५० वर्षीय सावित्रादेवी दाहाल ९ढुंगानाा०को उपचारका लागि स्कुलमा १४ हजार पाँच सय पाँच रुपैयाँ संकलन गरी सहयोग गरिएको हो ।

सावित्रा ठूलो आन्द्राको क्यान्सरबाट पीडित भइ उपचाररत छिन् । तर, खर्च अभावले उपचारमा समस्या भएपछि विद्यार्थी र शिक्षकले सहयोग संकलन गरी हस्तान्तरण गरेको प्रिन्सिपल विष्णु गड्तौलाले जानकारी दिए ।

संकलित रकम विद्यालयका लेखाशिक्षक कुलबहादुर देवानले प्राइम कमर्सियल बैंकको बिब्ल्याँटे शाखामा शाखामा रहेको मौसमको खातामा जम्मा गरिदिएका हुन् । पीडित सावित्राका पति रूद्रप्रसाद ढुङ्गानाको यसअघि नै निधन भएको थियो ।

पीडित सावित्राका छोरा ९मौसम० र छोरी सरस्वती छन् । परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भइरहेको मौसम बताउँछन् । सावित्रालाई यसअघि पनि घाँटीको क्यान्सर भइ निको भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय