स्वास्थ्य क्षेत्रको कार्य सम्पादनमा ‘सूर्योदय उत्कृष्ट’

द्वारा प्रकाशित गरिएको हो |
२०८१ आश्विन ६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः इलामको सूर्योदय नगरपालिका स्वास्थ्य क्षेत्रका कार्य सम्पादनका आधारमा इलामका १० पालिका मध्ये उत्कृष्ट पालिका भएको छ । स्वास्थ्य कार्यालयले आर्थिक वर्ष २०८०÷०८१ मा सूर्योदयलाई जिल्लाका १० पालिकामध्ये पहिलो भएको घोषणा सहित सम्मान गरेको हो । असोज ४ र ५ गते सदरमुकाममा सम्पन्न वार्षिक समीक्षा गोष्ठीमा विभिन्न सूचकका आधारमा पहिलो भएको सूर्योदयलाई सम्मानपत्र प्रदान गरीयो ।
पूर्ण खोप, पोषण कार्यक्रम, सुरक्षित मातृत्व सेवा, परिवार नियोजन, नसर्ने रोग तथा मानसिक स्वास्थ्य सेवा, रोग नियन्त्रण कार्यक्रम, जनशक्ति व्यवस्थापन, औषधि तथा सामग्रीको उपलब्धता लगायतका सूचकका आधारमा मापन गरीएको थियो । बजेट विनियोजन र खर्च, रेकर्डिङ रिपोर्टिङ र प्रतिवेदन लगायतका सूचक पनिसमेटिएको स्वास्थ्य कार्यालयका प्रमुख आदित्य शाक्यले जानकारी दिनु भयो ।

सूचकका आधारमा रोङ गाउँपालिका दोस्रो र इलाम नगरपालिका तेस्रो भएका छन । सूर्योदय नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक रविन खत्रीले स्वास्थ्य सेवालाई जनमुखी र प्रभावकारी बनाएर काम गरीरहेको जानकारी दिनु भयो । नगरले पोषणमैत्री नगर घोषणाका लागि काम गरीरहेका स्वास्थ्य शाखा प्रमुख बिपुल अधिकारीले जानकारी दिनु भयो ।

नगर प्रमुख रणबहादुर राईले स्वास्थ्य सेवालाई आम नागरिकको पहुँच पुग्ने गरी नगरले काम गरीरहेको जानकारी दिनु भयो । यसैगरि आजबाट बडा नम्बर ११ को सुन्तलेस्थित नवनिर्मित स्वास्थ्य चौकी पन्चकन्या भवनको उद्घाटन भएको छ । उक्त कार्यालयबाट सेवा समेत सुचारू भएको नगरप्रमुख राईले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय