‘एकादेशको कथा’ सार्वजनिक गर्ने तयारी

द्वारा प्रकाशित गरिएको हो |
२०८१ आश्विन २३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः इलामे गायक प्रविन वि.सिको नयाँ गित ‘एकादेशको कथा’ को म्युजिक भिडियो तयार गरिएको छ । सूर्योदय नगरपालिकाका विभिन्न पर्यटकीय स्थलहरुमा छायाङकन गरिएको भिडियो दसैँको अवसरमा सार्वजनिक गर्न लागिएको गायक वि.सिले बताउनुभएको छ ।

‘स्थानीय ठाउँमा, स्थानीय कलाकारको अभिनयमा भिडियो तयार बनाएका छौँ ।’ उहाँले भन्नुभयो, ‘गितको ट्रेलर सार्वजनिक भैसक्यो । दसैको अवसर पारेर असोज २४ गते साँझ ‘मेरो प्यारो ईलाम’ को आधिकारीक युट्युव च्यानलबाट भिडियो सार्वजनिक गर्दैछौँ ।’

हिकेस राईको डिरेक्सनमा एचकेआर प्रोडक्सनले तयार गरेको भिडियोमा अनिस कट्टेल, सविना लिम्बू, रितिका राई, युवराज राईको मुख्य अभिनय छ । भिडियोको कथावस्तु उमेस पौडेलले लेख्नुभएको हो । खड्का वेदनाको शब्द, पङ्कज सिग्देलको संगित र प्रविन विसिको आवाजमा रहेको गितले माया, प्रेममा परेका जोडिको प्रेमिल पल र वियोगको कथा लाई देखाउन खोजेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय