सुनिता राई, इलाम– इलाममा चाडपर्वलक्षित बजार अनुगमन गर्दा पाइएका अखाद्य वस्तु नष्ट गरिएको छ ।
आइतबार र सोमबार गरिएको बजार अनुगमनक्रममा फेला परेका वस्तु नष्ट गरिएको हो । इलाम बजारका खाद्य सामग्री बिक्री गर्ने पसल अनुगमनमा उपभोग्य मिति सकिएका खाद्य पदार्थ पाइएका थिए ।
यस्ता वस्तु आज जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, व्यवसायी, सञ्चारकर्मीलगायतको रोहवरमा नष्ट गरिएको नगरपालिकाले जनाएको छ ।
नगर उपप्रमुख विष्णुकुमारी लिम्बू ९दाहाल०को संयोजकत्वमा रहेको बजार अनुगमन टोलीमा नगरका स्वास्थ्य, कृषि शाखा, नेपाल पत्रकार महासंघ, इलाम उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरीलगायतका प्रतिनिधि सहभागी थिए ।
टोलीले ऐनमा तोकिएबमोजिम निरन्तर रूपमा खाद्य, मासुजन्य, होटल, बालश्रमलगायत विषयमा आवश्यकताअनुसार वा उपभोक्ताको गुनासोका आधारमा अनुगमन गर्नेगरेको नगरले जनाएको छ ।