इलामः राष्ट्रिय युवा संघ सूर्योदय नगर कमिटिले एक फुटबल प्रतियोगितका लागि नगद एक लाख सहयोग गरेको छ । सूर्योदय नगरपालिका–८ मा मालुम युवा क्लबले आयोजना गरेको ‘खुल्ला फुटबल प्रतियोगिता २०८१’ को प्रथम पुरस्कार रासी बराबर एक लाख सहयोग उपलब्ध गराईएको युवा संघ नगर कमिटि अध्यक्ष उदय हाङ फागोले बताउनुभएको छ ।
कोरोना कहरका कारण ज्यान गुमाएका मालुम युवा क्लवका पूर्व अध्यक्ष स्व. सुवास पौडेलको स्मृतिमा गएको असोज ७ गतेबाट सुरु भएको प्रतियोगिता आज(बुधबार) समापन भएको हो ।
प्रतियोगिताको फाईनल उपाधी आयोजक मालुमले चुमेको छ । तीनघरे फुटबल क्लवलाई १–० गोलअन्तरले हराउँदै मालुमले उपाधी हात पारेको हो । दोश्रो पुरस्कार नगद ५० हजार थियो ।
आयोजकले उत्कृस्ट गोलरक्षक रोजन राई, उत्कृस्ट खेल्लाडी फुर्वा लाप्चा, उत्कृस्ट गोलकर्ता प्रकास राई सहित खेल मैदानका जग्गा दाता र अन्यलाई सम्मान गरेको छ ।