नेकपा एमाले सन्दकपुरमा नयाँ नेतृत्व

द्वारा प्रकाशित गरिएको हो |
२०८१ आश्विन २३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

विष्णु गड्तौला,इलामः नेकपा (एमाले) सन्दकपुर गाउँकमिटी को दोश्रो अधिवेशन बुधबार सम्पन्न भएको छ । गाउँपालिका कमिटी अध्यक्ष गिरिराज खनालको अध्यक्षता एवम् पार्टी केन्द्रीय सदस्य तारा गुरुङ्गको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सकिएको थियो ।

अधिवेशनले दीपक गुरुङ्गको अध्यक्षतामा नयाँ नेतृत्व पाएको छ । उपाध्यक्षमा सिद्धार्थ राई, सचिव रुपेन नेम्वाङ, उपसचिव पुरण राई, मुना बस्नेत सुवेदी सहित ३३ सदसीय कमिटी निर्वाचित गरेको नेकपा (एमाले) इलाम नगर कमिटी अध्यक्ष ठाकुर नारायण श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय