इलामः इलामे गायक प्रवीन बी.सीको नयाँ गीत ‘एकादेशको कथा’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सूर्योदय नगरपालिकाका विभिन्न पर्यटकीय स्थलहरुमा छायांकन गरिएको भिडियो दसैँको अवसरमा सार्वजनिक गरिएको गायक बी.सीले बताउनुभएको छ ।
‘स्थानीय ठाउँमा, स्थानीय कलाकारको अभिनयमा भिडियो तयार बनाएका छौँ ।’ उहाँले भन्नुभयो, ‘दसैको अवसर पारेर असोज २४ गते साँझ ‘मेरो प्यारो ईलाम’ को आधिकारीक युट्युव च्यानलबाट भिडियो सार्वजनिक गरेका हौँ।’
हिकेस राईको डिरेक्सनमा एचकेआर प्रोडक्सनले तयार गरेको भिडियोमा अनिस कट्टेल, सविना लिम्बू, रितिका राई, युवराज राईको मुख्य अभिनय छ । भिडियोको कथावस्तु उमेस पौडेलले लेख्नुभएको हो । खड्का वेदनाको शब्द, पङ्कज सिग्देलको संगित र प्रविन विसिको आवाजमा रहेको गितले माया, प्रेममा परेका जोडिको प्रेमिल पल र वियोगको कथालाई देखाउन खोजेको छ ।