वडास्तरीय भलिबल प्रतियोगिताको उपाधी ओएसिस स्पोर्टिङ क्लब जीललाई

द्वारा प्रकाशित गरिएको हो |
२०८१ आश्विन २४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

जीवन शर्मा, जीलः बिजयादशमीको अवसर पारेर सूर्योदय नगरपालिका ३ जील गाउँमा ३ दिने भलिबल खेल सप्पन्न भएको छ ।
जील स्पोर्टिङ समूहले आयोजना गरेको वडास्तरीय भलिबल प्रतियोगिता बिहिबार सप्पन्न भएको हो । प्रतियोगिताको फाइनल खेलमा जिल्ला खेलकुल बिकास समितिका अध्यक्ष खगेन्द्र बास्तोलाको पनि उपस्थिति थियो । उक्त प्रतियोगितामा वडा नं ३ का वडासदस्य अरुण शर्मा, बिभिन्न टोल बिकास संस्थाका अध्यक्ष लगायत सयौंको संख्यामा खेलप्रेमी जनसमुदायको उपस्थिति रहेको थियो ।

जिल्लाका बिभिन्न क्षेत्रबाट सम्मिलित १४ टिमको सहभागिता रहेको उक्त खेलको फाइनलमा ओएसिस स्पोर्टिङ क्लब सुर्योदय ३ जील र एन सि सि इलाम ५ पुगेका थिए । फाइनल खेलका निर्णायकको जिम्मेवारी योगेन्द्र सुबेदी साथै सहायक निर्णायकमा डिगम आले मगरको रहेको थियो ।

निक्कै प्रतिस्पर्धात्मक खेलमा ओएसिस स्पोर्टिङ क्लब सुर्योदय ३ जीलले २५र १९, २५र२३ र २५र २० को सोझो सेटमा एन सि सि इलाम ५ लाई पराजित गरेको थियो । खेलमा ओएसिस स्पोर्टिङ क्लबका लिला डागी म्यान अफ द म्याच भए भने वेस्ट सटर धाप धजेका प्रकाश लावती भएका थिए । उदयमान खेलाडी धजे धापका अरुण बजगाई बेस्ट लिफ्टर त्रिबेणी क्लव गोर्खेका शौरभ शाह र बेस्ट लेबेरो एन सि सि इलाम ५ का कृष्ण ढकाल भएका थिए ।

खेलमा प्रथम स्थान हासिल गर्दै ओएसिस क्लव जीलले नगद पुरस्कारसहित प्रमाणपत्र हासिल गरेको छ भने प्रतियोगितामा दोस्रो स्थान प्राप्त गर्न सफल एन सि सि इलाम ५ ले प्रमाणपत्र सहित दोस्रो पुरस्कार पाउन सफल भएको छ । खेल अवधिभरमा उत्कृष्ट हुने खेलाडीलाई उत्कृष्ट खेलाडीको पुरस्कार बितरण गरिएको छ । प्रतियोगिताको फाइनलमा उत्कृष्ट खेल खेल्ने ओएसिस स्पोर्टिङ क्ल्वका खेलाडी लिला डागीलाई लेखक तथा पत्रकार जीवन शर्माले प्रोत्साहन स्वरूप नगद पुरस्कारले समेत पुरस्कृत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय