चीनमा सूर्योदयका असल अभ्यासमाथि छलफल

द्वारा प्रकाशित गरिएको हो |
२०८१ कार्तिक २, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः मित्र राष्ट्र चीनको वुहान शहरमा सम्पन्न भएको उच्च गुणस्तरको दिगो शहरी विकासको प्रवर्द्धन कार्यक्रममा इलामको सूर्योदय नगरपालिका प्रमुख रण बहादुर राईले सम्बोधन गर्नुभएको छ । वुहानमा आयोजित सातौं अन्तर्राष्ट्रिय उच्चस्तरीय मञ्चमा सम्बोधन गर्दै नगरप्रमुख राईले डिजिटल आर्थिक र शहरी डिजिटल शासनको बारेमा सूर्योदय नगरपालिकाले गरेका असल अभ्यास प्रस्तुत गर्नुभएको थियो । १५ अक्टोबर देखि १७ अक्टोबरसम्म चलेको उक्त कार्यक्रममा नगरप्रमुख राईलाई आमन्त्रण गरिएको थियो ।

‘यस फोरममा सूर्योदय नगरपालिकाले डिजिटल गभर्नेन्सको बारेमा १५ मिटनको प्रस्तुति दिन पाएको छ ।’ नगरप्रमुख राईले भन्नुभयो, ‘बेल्ट एण्ड रोड सस्टेनेबल सिटीज एलायन्स राउण्डटेबलको छलफलमा वक्ताको रूपमा भाग लिने मौका मिलेको थियो। सूर्योदय नगरपालिकालाई अन्तराष्ट्रिय मंचमा चिनाउने यो ठूलो मँच नै थियो ।’

डिजिटल गभर्नेन्सले दिगो सहरी विकासको लागि कस्तो भूनिका खेल्छ भन्ने बारेमा छलफल भएको राईको भनाई छ। ‘संयुक्त राष्ट्र (आवास नेपालसगं सूर्योदय नगरपालिकालाई डिजिटल गभर्नेन्समा कसरी उकृष्ट बनाउन सकिन्छ भन्ने बारेमा र यो फोरमबाट प्राप्त ज्ञान (अनुभवलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न संयुक्त राष्ट्र (आवाससँग विशेष सहकार्य हुनेछ ।’ उहाँले भन्नुभयो ।

नगरप्रमुख राईले कार्यक्रममा बोलाएकोमा आयोजकलाई धन्यवाद दिँदै आफ्नो लागि कार्यक्रम ऐतिहासिक भएको बताउनुभएको छ । उहाँले उक्त कार्यक्रममा सहभागी बन्न जाँदा सूर्योदय नगरपालिकालाई कुनै पनि आर्थिक भार नपरेको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय