लक्ष्मीपुरमा वडास्तरीय खुल्ला भलिबल हुने

द्वारा प्रकाशित गरिएको हो |
२०८१ कार्तिक ५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्रविन विसी,लक्ष्मीपुरः सूर्योदय नगरपालिका ३ लक्ष्मीपुरमा तिहारको अवसर पारेर वडास्तरीय खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । खेलकुद विकास समिति सूर्योदय १३ लक्ष्मीपुरको आयोजनामा यही कार्तिक १४ गतेदेखि तीन दिवसीय भलिबल प्रतियोगिता हुन लागेको हो ।

खेलकुद समितिका अध्यक्ष निराश आचार्यका अनुसार प्रतियोगितामा देशभरिका सबै वडाका खेलाडीहरु सहभागी हुन पाउने छन् । जस्मा,कुनै खेलाडीहरूले बसाईसँराईको सिफारिश ल्याएर खेल खेल्न भने पाउने छैन । नेपाली नागरिकताको प्रमाणपत्र सहित प्रत्येक खेलाडीहरूले आफ्नो वडाको सिफारिस अनिवार्य ल्याउनुपर्ने आचार्यले बताउनुभयो।

सहभागी सबै टीमहरूले १२ गते भित्र आयोजक टीमलाई सम्पर्क गरीसक्नु पर्ने, इन्ट्री शुल्क दुई हजार रहेको आयोजक समितिका सचिव युवराज भण्डारीले जानकारी दिनुभयो।

वडा स्तरीय खेलकुद समितिले पहिलो चोटी देशैभरिको वडाका टिमहरूलाई समेटेर लक्ष्मीपुरको सुखेपोखरी खेल मैदानमा ३ दिवसीय भलिबल खेल खेलाउन् लागिएको आयोजक समितिलेका अध्यक्ष आचार्यले जानकारी दिनुभयो । १४ गते बुधबार देखि सुरु हुने खेल १६ गते शुक्रबार समापन हुने छ ।

प्रतियोगिताको विजेता टीमलाई ३० हजार नगद सहित साथमा ट्रफी मेडल प्रमाणपत्र त्यस्तै दोस्रो पुरस्कार २० हजार नगद सहित साथमा ट्रफी मेडल र प्रमाणपत्र साथै खेल नियममा रहेर खेल्ने एक टिमलाई फेयर प्ले अवार्ड दिइने आयोजक समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय