इलाममा राति ९ बजेपछि देउसी नखेल्न जिल्ला प्रशासनको आग्रह

द्वारा प्रकाशित गरिएको हो |
२०८१ कार्तिक १५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम– नेपालीहरूको अर्को ठूलो चाड तिहार र छठ पर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।

प्रशासनले एक सूूचना जारी गर्दै तिहारका अवसरमा खेलिने देउसीभैलो कार्यक्रमलाई राति ९ बजेसम्म मात्र सञ्चालन गर्न भनेको छ ।

जुवा–तास खेल्न–खेलाउन, पटाका, भुइँचम्पा, अतिशबाजीजस्ता विष्फोटक पदार्थ आयात र ओसारपसारमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी अमृतबहादुर राईले जानकारी दिए ।

मादक पदार्थ पिएर सार्वजनिक स्थानमा होहल्ला गर्न, झैं–झगडा गर्न र सवारी चलाउनसमेत रोक लगाइएको राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय