इलाम– इलामका विद्यार्थीले पूर्वी नेपालको भारतसँग जोडिएका क्षेत्रमा सीमा रक्षाका लागि खबरदारी गरेका छन् ।
उनीहरूले इलाम र भारत जोडिएको करिब ५० किलोमिटरमा पैदलयात्रा गरी सीमा अवलोकन र खबरदारी गरेका हुन् ।
यो क्षेत्रको दशगजामा बेला–बेला भारतीय पक्षले अतिक्रमण गरी संरचना बनाउनेगरेको छ । यहाँका कतिपय ठाउँमा भारतीय पक्षले अहिले पक्की संरचना नै निर्माण गरेको छ । तर, बेला–बेला विद्यार्थीले गर्नेगरेको दबाब कार्यक्रम भारतीय पक्ष पछि हट्नेगरेको देखिएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० जिल्ला कमिटीको अगुवाइमा आयोजित सीमा क्षेत्र पदयात्रामा २७ विद्यार्थी सहभागी भए । कात्तिक १२ देखि १४ सम्म उनीहरूले स्थानीयसँग जानकारसँग सीमासम्बन्धी अन्तरक्रिया गरेको अनेरास्ववियु जिल्ला अध्यक्ष सचिनजंग रायमाझीले बताए ।
उनीहरूले भारतीय सीमा सुरक्षा बल ९एसएसबी०, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायतसँग पनि सीमा क्षेत्र र त्यसको अवस्थाबारे छलफल गरेका छन् ।
देशको भौगोलिक क्षेत्र रक्षा र सीमा बचाउन आफूहरूले दबाबमूलक अवलोकन र पदयात्रा गरेको अनेरास्ववियु जिल्ला उपाध्यक्ष सुशान्त चापागाईंले बताए ।
आफूहरूले रोङ गाउँपालिकाको पाटापुरदेखि समालबुङ, छब्बिसे, पशुपतिनगर, छब्बिसे, मानेभञ्ज्याङ, मेघमा, जौबारीलगायत क्षेत्रमा पदयात्रा गरेको उनको भनाइ छ ।
केही वर्षअघि भारतले भारतीय पक्षले सीमा मिच्दा विद्यार्थीले सन्दकपुर क्षेत्रमा नारबाजी गरेका थिए ।