७ जिल्लाका ३० पत्रकारलाई इलाममा पर्यटन तालिम

द्वारा प्रकाशित गरिएको हो |
२०८३ बैशाख १४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

१६वैशाख,इलामः कोशी प्रदेशका सात जिल्लामा कार्यक्षेत्र भएका ३० पत्रकारलाई पर्यटन प्रवर्धन सम्बन्धी तालिम दिईएको छ । नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले इलामको श्रीअन्तुमा आयोजना गरेको चार दिवसीय तालिमलाई लेखक तथा पत्रकार मोहन मैनालीले सहजिकरण गर्नुभएको थियो ।

“इलाम, झापा, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी र तेर्हथुमका ३० पत्रकार सहभागी हुनुहुन्थ्यो । तालिम पर्यटन कार्यालय काँकडभिट्टाको सहयोगमा भएको हो ।” कार्यक्रम संयोजक तथा पत्रकार महासंघ कोशीकी उपाध्यक्ष अम्बिका भण्डारीले भन्नुभयो, “जिल्ला शाखाहरुले छनोट गरेर पठाएका पत्रकारलाई सहभागी गराईएको हो । अन्तुडाँडा होमस्टेमा कार्यक्रम गरेका हौँ ।”

पर्यटनको विषयमा इतिहास संस्कृति, भूगोल, वातावरण र स्थानीय जिवनशैली मिसिएको हुनाले पत्रकारलाई तथ्यपरक र आकर्षक सामाग्री उत्पादनमा सघाउ पुर्याउन तालिम दिईएको महासंघ कोशीका अध्यक्ष भरत बहादुर खड्काले बताउनुभयो । “पर्यटन पत्रकारितामा कथा शैली, दृश्य वर्णन र अनुभव प्रस्तुत गर्ने सीप चाहिन्छ । तालिमले यही सीप सुधार गरोस् भन्ने हाम्रो उद्धेश्य हो ।” उहाँले भन्नुभयो ।

कार्यक्रमलाई कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले उत्घान गर्नुभएको थियो । मन्त्री पराजुलीले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि प्रभावकारी पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । “तथ्यमा आधारित, सकारात्मक र सन्तुलित सामग्री उत्पादन भए पर्यटनमा पत्रकारिताको योगदान रहन्छ ।” उहाँले भन्नुभयो ।

तालिमलाई २०८० सालमा मदन पुरस्कार प्राप्त लेखक तगा पत्रकार मोहन मैनालीले सहजीकरण गर्नुभएको थियो । सहभागीलाई अन्तुडाँडा, गुफापाताल, अन्तुपोखरी लगायतका ठाउँ भ्रमण समेत गराईयो । पत्रकारका लेखाई सूचना दिने मात्र होइन पर्यटन विकासमा योगदान दिने हुनुपर्ने प्रशिक्षक मैनालीको भनाई छ । वातावरण संरक्षण, दिगो पर्यटन र स्थानीय समुदायको हितलाई ध्यान दिएर पर्यटनमा कलम चलाउनुपर्ने उहाँको सुझाव छ ।

तालिममा सहभागी हुन तेर्हथुमबाट आउनुभएकी पत्रकार सबिना लिम्बूले पर्यटन सम्बन्धी तालिम लिन पाएकोमा खुसी व्यक्त गर्नुभयो । “केस स्टडी, फिल्ड भिजिट र समूह छलफलले सिकाईलाई थप व्यवहारिक बनाएको छ । महासंघलाई धन्यवाद ।” उहाँले भन्नुभयो । तालिम आईतबार सम्पन्न भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय