प्रेमिकाले प्रेमीको लिंग काटिदिएपछि…

द्वारा प्रकाशित गरिएको हो |
२०७८ भाद्र २४, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

भनिन्छ प्रेम बिना संसार चल्दैन । संसार नै प्रेममा टिकेको हुन्छ । चाहे त्यो प्रेम परिवारप्रतिको होस् या समाजमा नै किन नहोस्, चाहे त्यो प्रेम प्रकृतिसँगको होस् या प्रेमीप्रेमिकाको बीचमा नै किन नहोस् संसार जसरी चले पनि आखिर प्रेममै चलेको हुन्छ ।

प्रेममा विछोड भएपछि युवापुस्ताहरू अनेक हर्कत पनि गर्दछन् । धोकापाएपछि उनीहरू जघन्य अपराधिक कर्ममा पनि लागी पर्दछन् । कतै प्रेमीबाटै प्रेमिकामाथि सामुहिक बलात्कार, कतै प्रेमीले प्रेमिकाको हत्या गरिन् भन्ने समाचाहरु सुनिने गरेका छन् । युवापुस्ताले प्रेमलाई अपराध गर्ने प्रमुख हतियारको रुपमा लिन थालेका छन् । विराटनगरमा पनि यस्तै एउटा घटना बाहिर आएको छ ।

विराटनगर – १५ रानीस्थित होटल मकालुमा धोका दिन लागेको भन्दै प्रेमिकाले आफ्नै एक प्रेमिको लिंग छेदन गरिदिएको घटना बाहिर आएको हो । सुनसरीको बर्जु गाउँपालिका (२ घर भइ विराटनगरमा डेरी गरि बस्दै आएकी २८ वर्षिय प्रेमिकाले २७ वर्षीय प्रेमिको २७ साउनमा होटलको कोठामा लिंग छेदन गरिदिइन् । होटलमा लगेर जवरजस्ती करणी गर्न खोजिएको भन्दै ती युवतीले युवकको कैचीले लिंग छेदन गरिदिएको प्रहरीले बताएको छ ।

आइसक्रिम र बिस्कुट खाएर होटल छिरेपछि।।

लिंग छेदन गरिदिने युवती आशा सरदार ९नाम परिवर्तन० बर्जुदेखि कामको सिलसिलामा विराटनगर आइन् । उनले एक इन्सुरेन्स कम्पनीमा जागिर पनि पाइन् । कामको सिलसिलामा आशाको सुनिल खवास ९नाम परिवर्तन० सँग आजभन्दा वर्षदिन अगाडी परिचय हुन्छ । नेपाल प्रहरीमा जागिर खाएका सनिलको सम्बन्ध आशासँग बढदै जान्छ । मित्रतादेखि सुरू भएको उनीहरूको सम्बन्ध गाढा बन्दै गएपछि प्रेम परिणत हुन्छ ।

सुनिलको घरपरिवारदेखि आउँदो मंसिरमा बिवाह हुने चर्चा चल्छ । मंसिरमा बिवाह गर्ने भएपछि आशासँग प्रेममा रहेका सुनिलले विगत ५र६ महिनादेखि सम्पर्कबिहीन हुन्छन् । सम्पर्कबिहीन भएका सुनिलको मोवाइलमा नयाँ नम्बरबाट साउन २७ गते फोन आउँछ, त्यो फोन थियो आशाको १ एक पटक भेटौं भनेपछि दुवै जनाको सहमतिमा विराटनगर( १५ रानीस्थित होटल मकालुमा भेट हुन्छन् ।

होटल अगाडी भेटभएपछि बाहिर भलाकुसारी गरेर आइसक्रिम र बिस्कुट खाएपछि मकालु होटलको कोठामा जान्छन् । कोठामा पुगेपछि सुनिलले यौन सम्पर्क गर्न खोजेपछि आशाले प्रतिकार गर्दै लिंगमा कैची चलाइदिइन् । यो घटना २७ साउनको राती ८ बजेको हो ।

प्रेमीले प्रेमिकाले लिंगमा कैची चलाइदिएपछि घाइते भएका सुनिल ९नाम परिवर्तन० तत्काल विराटनगरस्थित कोशी अस्पतालको आकस्मि कक्षमा पुगेका थिए । ‘सेभिङ’ गर्दा लिंग काटियो भन्दै कोशी अस्पतालको आकस्मिक कक्षमा पुगेका श्यामको थप उपचारको लागि नोबेल टिचिङ्ग हस्पिटलमा रेफर गरिदिए । नोबेलमा १० टाचा लगाएपछि उनको लिंग अहिले ठिक हुदै गएको बुझिएको छ ।

जबरजस्ती करणी उद्योगमा पक्राउ

प्रेमीकाले लिंग छेदन गरिदिएको प्रेमी २७ वर्षिय युवा जवरजस्ती करणी उद्योग गरेको आरोपमा पक्राउ परेका छन् ।

२७ वर्षिय किशोरीले जवरजस्ती करणी उद्योगमा इलका प्रहरी कार्यालय रानी विराटनगरमा जाहेरी दर्ता गराएपछि प्रहरीले ति युवालाई पक्राउ गरेको हो । पक्राउ परेका युवालाई इप्रका रानीले जवरजस्ती करणी उद्योगमा म्याद थप गरि अनुसन्धान गर्दै आएको छ ।

प्रहरीले यस घटनामा अनुसन्धान पूरा गरेकाले अभियोग जिल्ला सरकारी वकिलको कार्यालय पुगेको छ । प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत मोरङ अदालतमा मुद्दा दर्ताको तयारी गरिएको छ । ‘जवरजस्ती करणी उद्योगमा जाहेरी परेपछि घटनाको विषयमा प्रहरीले अनुसन्धान गर्दै आएको छ,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले भने ।

पक्राउ परेका युवाले ती युवतीलाई विराटनगर (१५ मकालु होटलमा भेटन बोलाएर जवरजस्ती करणीको प्रयास गरेको आरोप छ । ति युवतीले जवरजस्ती बलत्कारको प्रयास गरेपछि प्रतिकार गर्दा लिंगमा प्रहार गरेको बताएकी छिन् ।

यता युवाले भने युवतीले अन्तिमपल्ट भेट्न आउ भन्दै होटलमा बोलाइन् र सहमतिमा यौन सम्पर्क गर्न खोज्दा त्यसैबखत लिगंमा कैचीले हानेको बयान दिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् । ती युवा विरुद्ध कोशोरीले इप्रका रानी विराटनगरमा साउन २८ गते जवरजस्ती करणी उद्योगमा जाहेरी दिएकी थिइन् । जाहेरी पछि ती युवालाई प्रहरीले पक्राउ गरेको हो । ब्लाष्टखबरबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय