फिक्कलमा महिलाहरुको लागि ४ दिवसीय उद्घोषण तालिम सम्पन्न

द्वारा प्रकाशित गरिएको हो |
२०७८ पुष १२, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

फिक्कलः इलामको सूर्योदय नगरपालिका १० फिक्कलमा महिलाहरुको लागि ४ दिवसीय उद्घोषण तालिम सम्पन्न भएको छ । महिला सृजना बहुउदेशीय सहकारी सस्थां सूर्योदय नगरपालिका फिक्कलको आयोजनामा भएको ४ दिने उद्घोषण तालिममा संस्थाका सेयर सदस्य लगायत सस्थामा आस्थावाना ३० जना महिलाहरुको सहभागिता रहेको थियो ।
गत पौष ९ गते देखि सूरु भएको तालिमलाई रेडियो फिक्कलका स्टेशन म्यानेजर राजकुमार दहालले प्रशिक्षण दिनु भएको थियो । तालिममा सहभागी लिला थुङगिमले तालिम अत्यन्तै प्रभावकारी भएको बताउनु भयो । प्रशिक्षक दहालले कसरी अगाडी गएर आफना कुरा राख्ने डर कसरी नियन्त्रण गर्ने भाषणकला लगायतबारेमा निक्कै प्रभावकारी ढगँले सिकाएको भन्दै आफुहरुमा आत्माविश्वास बढेको बताउनु भयो । अर्का सहभागी हेमलता गुरुङ घिमिरेले तालिम आयोजक महिला सृजना बहुउदेशीय सहकारी संस्थालाई धन्यवाद दिनुहुदै यस्ता तालिमले सहभागी महिलाहरुमा म पनि कम छैन भन्ने आत्माविश्वास बढाएको धारणा राख्नु भयो । उद्घोषण तालिम महिलाहरुलागि निक्कै प्रभावकारी भएकोले हरेक क्षेत्रमा यो तालिम सञ्चालन गर्न आवश्यक रहेको उहाँको भनाई छ ।
संस्थाकी अध्यक्ष गायात्रा ओली घिमिरेको अध्यक्षता तथा सूर्योदय नगरपालिकाकी उपप्रमुख दुर्गादेवी भटटराईको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथी भटटराईले महिलाहरु कुनैपनि कुरामा कमि नभएको र हिम्मत नहारेमा पुरुषले भन्दा धेरै गर्न सक्ने भएकोले साहसका साथ अगाडी बढ्न आग्रह गर्नु भयो । उहाँले तालिममा सिकेका कुरालाई ब्यवहारमै उतार्न आग्रह गर्नु भयो । सूर्योदय नगरपालिकाले महिलाहरुको हकहित क्षमता विकासको लागि सक्केसम्म धेरै कार्यक्रमहरु गरीरहेको र आगामी दिनमा पनि यस्ता सकरात्मक कार्यक्रम जारी राख्ने बताउनु भयो ।
संस्थाकी उपाध्यक्ष उमा प्रधानले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा वडा न १० कि वडा सदस्य कलिका राई संस्थाकी सस्थापक अध्यक्ष अमृता राई लेखा समिति सयोंजक गायत्रादेवि गडतौला , लगायतले मन्तब्य राख्दै उद्घोषण तालिम जिवनका सबै क्षेत्रमा निक्कै प्रभावकारी हुने भएकोले सिकेका कुरालाई निरन्तरको अभ्यासबाट ब्यवहारमा उतार्न प्रयत्न गर्न आग्रह गर्नु भयो ।
प्रशिक्षक दहालले महिला सृजना बहुउदेशीय सहकारी सस्थांलाई आवासको लागि धन्यवाद दिदै निक्कै जागरुक शिकाई प्रति उत्साह भएका महिला दिदीबहिनीहरु सगँ ४ दिन सम्म सिक्ने सिकाउने मौका पाउदा निक्कै खुशि लागेको बताउनु भयो ।
अध्यक्ष ओलीले महिला दिदीबहिनीहरुको आग्रहमै संस्थाले उद्घोषण तालिमको आयोजना गरेको जानकारी गराउदै सकृय सहभागीताको लागि सबैमा धन्यवाद दिनु भयो । आगामी बर्षहरुमा पनि यस्ता तालिम जारी राख्ने र महिलाहरुको राय लाईनै ध्यानमा राख्दै कार्यक्रम तय गर्ने बताउनु भयो ।
तालिममा सहभागी सबैलाई प्रमाणपत्र बितरण गरीएको थियो । समापन कार्यक्रमको सञ्चालन तालिम सहभागी रुपा सुबेदीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय