गोबिन्द पौडेल,रोङः इलामको रोङ गाउँपालिकालाई सहयात्रा नेपाल नामक एक संस्थाले स्वास्थ्य सामाग्री प्रदान गरेको छ । अर्जेन्ट एक्सन फण्डको आर्थिक सहयोगमा गाउँपालिकालाई बिभिन्न ६ प्रकारका १८ थान स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । यसरी हस्तान्तरण गरिएको सामाग्रीमा अक्सिजन कन्सनटेटर १ थान, प्यासेन मनिटर १ थान, सक्सन मेशिन एक थान, नेबुलाइजर १ थान पिपिइ सेट १० थान, र धोएर पनि प्रयोग गर्न मिल्ने वासएबल ग्राउन ४ थान प्रदान गरिएको हो ।
गाउँपालिकामा आयोजित एक कार्यक्रममा सहयात्रा नेपाल इलामकी अध्यक्ष हेमकुमारी शिवाले रोङ गाउँपालिकाका अध्यक्ष सम्सेर राईलाई सो सामाग्री हस्तान्तरण गर्नुभएको हो । स्वास्थ्य सामाग्री गाउँपालिकाको कोभिड अस्थार्इ अस्पताल इरौटारलाई कोरना संक्रमण नियन्त्रण र उपचारका लागि प्रयोगमा ल्याइने पालिका अध्यक्ष राईले बताउनु भएको छ ।




