फिक्कलःइलामको सुर्योदय नगरपालिकामा नेकपा एमाले र सत्ता गठबन्धनले मनोनयन दर्ता गरेको छ । नेकपा एमालेको तर्फबाट मेयरमा काजिमान कागते र उपमेयरमा दुर्गादेवी भट्टराईले मनोनयन दर्ता गराएका छन् । काजिमानको प्रस्तावकमा सुजन नेपाल र समर्थकमा शंकर प्रसाद गदाल भट्टराईको प्रस्तावकमा अन्जेस योन्जन र समर्थकमा पारस राई रहेका थिए। एमालेले सूर्योदयका १४ वटै वडामा एकल प्यानल उमेद्वारि मनोनयन दर्ता गरेर स्थानीय तहको निर्वाचनमा आफ्नो उपस्थिति जनाएको छ।यसैगरि गठबन्धन दलहरुले पनि मनोनयन दर्ता गराएका छन् । नेकपा एकीकृत समाजबादीबाट मेयर पदका लागि रण बहादुर राई र नेपाली काग्रेसबाट उपमेयर पदका लागि दुर्गा बरालले मनोनयन दर्ता गराएका हुन् । मेयरका उम्मेदवार निबर्तमान मेयर र उपमेयरका उम्मेदवार नेपाली काग्रेसका जिल्ला सदस्य हुन् । राप्रपाले हिजो नै मनोनयन गराएको थियो । गठबन्धन अन्तर्गत वडा तहमा भने मित्रवत प्रतिस्पर्धा गरिने बताईएको छ । यो समाचार तयार पार्दासम्म मनोनयनको क्रम जारी छ ।




