माईजोगमाईमा पर्ने माईथान शिव मन्दिर घेरा बारा गरियो

द्वारा प्रकाशित गरिएको हो |
२०७९ फाल्गुन ९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बिनु खड्का,नयाँबजारः माईजोगमाई गाउपालिकाको प्रेमेजुङमा अवस्थित श्री माईथान शिव मन्दिरको घेरा बारा गर्ने काम सम्पन्न भएको छ । माईथान मन्दिरको संरक्षण तथा सम्बर्द्धन गर्ने उदेस्यले माईजोगमाइ गाउपालिकाले मन्दिरको नाममा एक लाख रुपैया बिनियोजन गरेको थियो । उक्त बिनियोजित रकमले मन्दिरको घेराबारा गर्न स्थानियको अग्रता र ज्ञानु भण्डारिको अध्यक्षतामा निर्माण समिति चयन गरि काम गरिएको हो । मन्दिरको वरिपरि इट्टा लगाएर घेरा बारा लगाइएको छ । एक लाख रकमको योजनामा सुरु गरिएको काममा १ लाख २० हजार खर्च भएको अध्यक्ष भण्डारीले जानकारी गराउनु भयो । मठ मन्दिरहरु जिर्ण हुँदै गएको अवस्थामा प्रेमेजुङका स्थानिय मठ मन्दिर संरक्षणमा लागेको निर्माण समिती सचिब बिदुर पौडेलले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय