
जीवन शर्मा



इलामः राणाकालीन समयमा पाटी पौवा धर्मशालाहरु बनाएर धार्मिक लाभ लिने परम्परा चलेको देखिन्छ । पन्चायतकालमा पनि चौताराहरु बनाउने क्रम रहिरर्ह्यो तर पछिल्लो समयमा आएर यो संस्कार नै हटेर गयो । बनिएका पनि भत्किएर गए र कतिपय बिकासको नाममा बिनाश पनि भएर गए । अर्को कारण बाटोघाटोको सुबिधा बढ्दै जादा तिनीहरूको उपदेयिता कम महसुस हुन थालेर होला । यतातिरको चासो हट्दै गयो ।
पहिला पहिला बाटोघाटोको भनेजस्तो सुबिधा थिएन । सबै पैदल नै हिडडुल गर्ने गर्थे । अहिलेको जस्तो बाक्लो बस्ति थिएन । जाहा रातपर्यो त्यहि बास बस्नको लागि होटल लज र होमस्टेहरु थिएनन । तसर्थ पनि हिजोआज पाटी धर्मशालाको आवश्यकता परेन । त्यतिबेलाको समय त्यस्तो थियो कि टाढा हिड्नुपर्दा सामलतुमल बोकेर हिड्नु पर्थ्यो । सामान्य भाडाकुडा पनि बोकेर हिड्नु पर्ने अवस्था थियो । हिड्दै जादा जहा रात पर्छ त्यहिको धर्मशाला तथा पाटीमा बास बस्नुपर्थ्यो । त्यहि पाटी तथा धर्मशालामा बास बसी त्यही पकाएर खानुपर्थ्यो ।
यसै कुरालाई मध्यनजर गरेर त्यो बेलाका हुनेखानेहरुले आवश्यक परेको ठाउमा आफ्ना पितृहरुको नाममा पाटी तथा धर्मशाला बनाइदिने गर्थे । बुढापाका भन्नुहुन्छ ( यस्ता धर्मशाला बनाउन त्यति सजिलो चाहि हुदैन थियो । कमजोर आम्दानी भएका मानिसले त त्यो कल्पना भन्दा बाहिरको कुरा हुन्थ्यो । अलिक हुनेखानेले मन गरेको खण्डमा यस्ता धर्मशाला बनाउने गर्थे । यस्ता धर्मशालामा पैदल यात्री ढाकरेहरुको बास बढी हुने गर्थ्यो । उनीहरु हुलका हुल हिड्ने गर्थे र त्यहि रात बिताएर अर्को ठाउ जाने गर्थे । ढाकरेहरुको यात्रा १०र१५ दिनको हुने गर्थ्यो । कतिपय अवस्थामा आर्य सम्प्रदायका दिवङ्गत मानिसको लास लैजदा रात परेको खण्डमा तिनै पाटीहरुमा राखु भोलिपल्ट घाट पुर्याइन्थ्यो रे ।
सुर्योसय नगरपालिकामा यस्ता धर्मशालाहरु त्यति छैनन । कतै कतै भएका पनि भत्किसके या त भत्काइयो । अहिले सुर्योदय नगरपालिका वार्ड न १ मकरजुङ्गमा एउटा रहेको छ ।
मकरजुङ्ग जोगमाई वारीको सापकोटा धर्मशाला
सम्भवत सुर्योदय नगरपालिकामा रहेको अहिले सम्मको धर्मशाला यहि एउटा मात्रै होला । यो धर्मशाला २०३६ सालमा बि स २००२ सालमा देहावसान हुनुभएका जेगेनिधि सापकोटा र उहाकी धर्मपत्नी लिलादेबी सापकोटाको नाममा छोराहरू टेकप्रसाद सापकोटा नन्दीकेशर सापकोटा सुर्यभक्त सापकोटा र भवानीशङ्कर सापकोटाले बनाइदिनु भएको हो । यो धर्मशाला हालको साघुबेशी पुग्नुभन्दा केहि माथि मकरजुङ धाप जाने बाटोमा रहेको छ । त्यहा रहेको बर पिपल चाहि उहाका हजुरबुबाले रोपिदिनु भएको हो अर्थात जेगेनिधि सापकोटाका पनि बुवाले रोप्नु भएको हो । सम्भवत यो बर पिपल १९९० अगाडि नै रोपिएको हुनुपर्छ । त्यहि बरपिपलसङ्गै ढुंगाको चौतारा पनि रहेको छ सो चौतारा पनि उहाहरुले नै बनाइदिनुभएको हो ।
इलाम जिल्लाको सबैभन्दा पुरानो बजार गोर्खे धाप पश्चिमतिरबाट छिर्ने मुलबाटो यहि थियो । यो बाटो भएर ताप्लेजुङ पाचथर तेर्हथुमसम्मका बटुवा हिड्ने गर्थे । त्यहाबाट नुन लत्ताकपडा लिन आउने बटुवाको ताति लाग्ने गर्थ्यो रे । फेरि त्यहि बाटो भएर माइबेनी जाने आउनेहरुको लर्को लाग्ने गर्थ्यो । जील तिनखुट्टे पान्दाम पशुपतिनगर सिमाना सूखिया पोखरी दार्जीलिङ खरसाङ्ग सम्म जाने यात्रुहरु यहि बाटो भएर जाने आउने गर्थे । सिमधापमा आलुको बजार लाग्ने गर्थ्थो त्यस समयमा । आलुको बीउउ लिएर पाचथरतिरबाट आउने ढाक्रेहरु अगाडी नै आएर बस्ने ठाउ यहि धर्मशाला थियो । त्यसैले सापकोरा परिवारले धर्मशाला बनाइ यात्रुहरूलाई बस्न सहज बनादिएको देखिन्छ । धाप बजारको आलु व्यापार नामुद मानिन्थ्यो । विभिन्न जातको आलुको बीउ पाइन्थ्यो । विशेष गरेर हिउँदमा आलुको बीउको किनबेच हुने गर्थ्यो । त्यहा बीउ किन्न सिमानापारी राङमाङ नागरी पोख्रेबुङतिर मानिस समेत पैसल आउने गर्थे ।
जोगमाई पारी दयाला ९दहिवाला०धर्मशाला
प्रेमेजुङ्गका पौडेलहरु पनि त्यो बेला हुनेखाने वर्गमा गनिन्थे । साधुबेशीमा उनीहरुको खेत थियो । मकरजुङका टेक प्रसाद सापकोटाका बुवा अर्थात जेगेनिधि सापकोटा तिनै पौडेलका ज्वाइ थिए यानै लिलादेबी सापकोटा प्रेमेजुङका पौडेलकी चेली थिइन् जोगमाई पारी पनि धर्मशाला बनाउन पौडेल परिवारले चाहेका थिए तर त्यो बेला बनिएन । पछि ५० को दशकमा गुम्ती लालिखर्कका बेदनारायण प्रधानले उहाका मातापिताको नाममा ९ पिताको नाम जितनारायण० धर्मशाला बनाइदिए । ती प्रधानहरुलाई स्थानीयहरु दयाला भन्ने गर्छन । वास्तवमा दयाला नभएर दहिवाला भन्न खोजिएको होला । दहि बनाएर नयाबजार शुक्रबारेतिर बिक्री गरेकै कारण स्थानीयले नाम जुराइदिएको हुनुपर्छ दहिवाला । यहि दहिवालालाई स्थानीय जिब्रोले छोट्याउदै लग्यो र दयाला भन्न थाल्यो । बेद नारायण ले बनाएको धर्मशाला चाहि अहिले छैन । त्यो धर्मशाला जोगमाई पारी खेतको शिरानमा थियो । त्यो भत्किसक्यो ।
यसरी एकताका धार्मिक पुन्यको नाममा आफ्ना दिवङ्गत परिवारजनको स्मृतिमा धर्मशाला तथा पाटी बनाइदिने चलन थियो । त्यो चलन अहिले हराएर गयो । गाउघरतिर अलिअलि कच्ची बाटो कोरिएका छन । पैदल हिड्नेको सङ्ख्या ह्वात्तै घटेर गयो । बाटोघाटो कोरिने नाममा बाटो क्षेत्रका ऐतिहासिक सम्पदा पनि भत्काइए ।केहि बिकास भयो सङसङै बिनास पनि भयो । रहेका बचेका सम्पदाको संरक्षण गर्न पनि उदासीन बन्दै गयो हाम्रो समाज र आज यी सबै एकादेशको कथा जस्तै बनेको छ