कास्की । कोरोनाभाइरसबाट मृत्यु भएका स्याङ्जाका ६० वर्षीय पुरुषको शव व्यवस्थापनमा ढिलाइ भएको छ । शव व्यवस्थापनको टुंगो लाग्न नसक्दा शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमै रहेको छ ।
उनको शव व्यवस्थापन पोखरा महानगरपालिका वडा नम्बर ११ मा गर्ने योजना बनाइएको भएपनि त्यहाँ स्थानीयले विरोध गरेपछि अर्को स्थानको पहिचान भइनसकेको कास्की प्रहरीले जनाएको छ ।
शव व्यवस्थापन गर्ने ठाउँको टुंगो लाग्नेबित्तिकै व्यवस्थापन गरिने प्रहरीको भनाइ छ ।
संक्रमित पुरुषमा आइतबार मात्रै कोरोना पुष्टि भएको थियो । मृतक स्याङ्जाको वालिङ नगरपालिकाका हुन् ।
कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन सरकारी मापदण्डअनुसार गर्नुपर्ने हुन्छ ।