अमेरिकन गायिका बोनीको निधन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ जेष्ठ २७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एजेन्सी । अमेरिकन गायिका बोनी पोइन्टरको ६९ वर्षको उमेरमा निधन भएको छ । बोनीको सोमबार हृदयाघातका कारण निधन भएको उनकी बहिनी अनिताले पुष्टि गरेकी छन् । उनी आफ्ना तीन दिदिबहिनीसँग मिलेर गायन ग्रुप (ब्यान्ड) ‘पोइन्टर सिस्टर्स’ मा सक्रिय थिइन् ।

सञ्चारमाध्यमलाई जानकारी दिँदै अनिताले सम्पूर्ण ‘पोइन्टर सिस्टर्स’ र पोइन्टर परिवारका तर्फबाट उनका लागि प्रार्थना गरिदिन आग्रह गरेकी छिन् । साथै उनले बोनीको निधनले परिवार दुःखी भएको पनि बताएकी छिन् ।

तीनपटक ग्रामी अवार्ड विजेता ‘पोइन्टर सिस्र्टस’को ‘फोर माई लभ’ चर्चित गीतमध्ये एक हो । सन् १९७० मा लोकप्रिय भएका ‘पोइन्टर सिस्टर्स’को सन् १९७५ मा निस्किएको ‘फेयरिटेल’ गीतले यो ब्यान्डलाई पहिलो ग्रामी अवार्ड दिलाउन सफल भएको थियो । तर यसको दुई वर्षपछि बोनीले ब्यान्ड छाडेर एकल गायनमा सक्रिय थिइन् ।

अहिले ‘पोइन्टर सिस्टर्स’ मा पोइन्टर दिदिबहिनी मात्रै सक्रिय छिन् । जसमा उनले आफ्नी छोरी र नातिनीलाई पनि सामेल गराएकी छिन् । –बीबीसी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय