प्रज्ञा–प्रतिष्ठान समालोचना र निबन्धविभागको बैठक सम्पन्नः महत्त्वपूर्ण निर्णयहरू पारित

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण २२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२२ साउन, काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (समालोचना र निबन्ध) विभागको बैठक सम्पन्न भएको छ ।

विभागीय प्रमुख प्राज्ञ प्रा.डा. गोपीन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकमा विभागीय सदस्यहरू प्रा.डा. रमेशप्रसाद भट्टराई, डा. दुर्गाबहादुर घर्ती, डा. विन्दु शर्मा, पुरुषोत्तम रिजाल र सल्लाहकार निनु चापागाईंको उपस्थिति रहेको थियो ।

बैठकमा सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय र प्राज्ञ सभा सदस्य एवम् सञ्चार तथा डायस्पोरा संयोजक शशी लुमुम्बू आमन्त्रित हुनुहुन्थ्यो ।

बैठकले विभिन्न महत्त्वपूर्ण प्रस्तावहरूमाथि गहन छलफल गरी वार्षिक कार्ययोजना पारित गरेको छ । पारित वार्षिक कार्य योजनाहरूमा समालोचना र निबन्ध सम्बन्धी उपत्यकाभित्र तथा उपत्यकाबाहिर विभिन्न गोष्ठीहरूको आयोजना, अध्ययन–अनुसन्धान, सङ्कलन तथा सम्पादन र प्रकाशन लगायतका महत्त्वपूर्ण कार्य योजनाहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय