रुपन्देहीमा स्कुटी दुर्घटना, एकजनाको मृत्यु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र १०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । रुपन्देहीको तिलोत्तमामा स्कुटी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा कुटी चालक तिलोत्तमा २ शंकरनगर बस्ने शंकर कार्कीको मृत्यु भएको हो ।

तिलोत्तमा नगरपालिका ३ सीताराइस मिल नजिकै लु २६ प १४५५ नम्बरको स्कुटी पल्टिँदा कार्कीको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका कार्कीको क्रिमसन अस्पताल मणिग्राममा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय