बहराइनका राजकुमार नासिर बिन हमाद अल खालिफा नेपाल आउदै

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र २०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । बहराइनका राजकुमार नासिर बिन हमाद अल खालिफा करिब दुई महिनाको लागि नेपाल आउँदै छन्। बहराइनको सेनाको कमाण्डर समेत रहेका राजकुमार १८ जनाको टोलीको नेतृत्व गरी हिमाल आरोहणका लागि नेपाल आउनलागेका हुन्। कोभिड १९ को कारण केही महिनायता हिमाल आरोहणमा रोक लगाइएको भएपनि पर्यटन विभागले केही दिनअघि ६ जनाको विदेशी टोलीलाई माउन्ट वरुण आरोहणको अनुमति दिएको थियो। त्यसअघि नै पर्यटनमन्त्री योगेश भट्टराईको प्रस्तावमा मन्त्रीपरिषदले रोयल गार्ड बहराइनको टिमलाई चार्टर्ड उडान गरी नेपाल आउन अनुमति दिइसकेको छ।

हिमाल आरोहण गर्ने रोयल गार्ड बहराइनको टोलीको नेपालमा स्थानीय एजेन्सी सेभेन समिट ट्रेकर्स हो। जसको अध्यक्ष विश्वका ८ हजार मिटर अग्ला सबै १४ हिमाल चढ्ने पहिलो नेपाली मिङ्मा शेर्पा हुन्। शेर्पाका अनुसार राजकुमारको टोली नेपालमा सेप्टेम्बर १६ अर्थात् यही भदौ ३१ मा आउनेछ। अहिले कोभिड १९ को संक्रमको बेला विदेशबाट नेपाल आउनेले स्वास्थ्य मन्त्रालयको प्रोटोकल पालना गरेरै हिमाल आरोहण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय