सुनसरीमा लागुऔषधसहित एक जना पक्राउ

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र २३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । सुनसरी कोशी गाउँपालिका-३ का ३९ बर्षीय मोहमद हुसेन मन्सुरी नियन्त्रीत लागुऔषध सहित पक्राउ परेका छन ।

साेमबार दिउसो ३ बजे कोशी गाउँपालिका-३ मै झोला बोकी हिडिरहेका मोहमदलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लागुऔषध फेला परेको हो ।

उनले बोकेको झोला खोलेर हेर्दा ५० बोतल डाइलेक्स डिसि, ५०० ट्याब्लेट निट्राेसन र २८८ क्यापसुल इस्प्यास्माे प्राेक्सिभन फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ परेका मोहमद उपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय