काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ । हाल देशभर सामान्य देखि पुर्ण बदली भइ विभिन्न स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको महाशाखा जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै राती देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २ , बाग्मती प्रदेश ,गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।