धनुषामा १४ वर्षीया बालिका बलात्कारको आरोपमा एक पुरुष पक्राउ

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र २५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । धनुषामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ५५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।

जिल्लाको लक्ष्मिनियाँ गाउँपालिका २ सिनरजोडा बस्ने बद्रीनाथ साहलाई पक्राउ गरिएको धनुषा प्रहरीका प्रबक्ता मकेन्द्र मिश्रले बताए ।

साहले गत भदौ २० गते ती बालिकालाई ललाइफकाइ आफ्नो पसलमा बोलाइ छतमा लगेर मुख थुनेर बलात्कार गरेको प्रहरीको भनाइ छ ।

बलात्कार गरेर फरार भएका साहलाई महोत्तरीको मठियानीमा लुकिछिपी बसेको अवस्थामा बुधबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय, धनुषाको नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय