चट्याङ लागेर एकजनाको मृत्यु: महोत्तरी

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र २९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । महोत्तरीको बर्दिवास नगरपालिकामा चट्याङ लागेर एकजना मजदुरको मृत्यु भएको छ । भंगहा नगरपालिका-७ का ६० वर्षीय दुखा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बर्दिबास नगरपालिका-२ बस्ने सोबेन्द्र चौधरीको खेतमा काम गर्न गएका उनी वर्षा र हाबाहुरीका कारण प्रतिक्षालयमा ओत लागेर बसेका थिए । त्यसैबेला चट्याङले उनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी प्रकाश बिष्टले जानकारी दिए ।

मृतकको शवलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पोष्टमार्टम गराई आफन्तलाई बुझाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय