इलामको जनकल्याण सामुदायिक पुस्तकालयद्धारा ५२ हजार बराबरको राहत वितरण

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र ३१, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम । इलाम नगरपालिका(५ बरबोटेस्थित जनकल्याण सामुदायिक पुस्तकालयले इलाममा राहत वितरण गरेको छ । पुस्तकालयले रिड नेपाल काठमाडौँसँगको साझेदारीमा २७ परिवारलाई ५२ हजारबराबरको राहत मंगलबार वितरण गरेको हो । पालिकाको वडानम्बर ४ र ५ का दलित, विपन्न, सुत्केरी, ज्येष्ठ नागरिक, श्रमिक वर्गका परिवारलाई वडाको सिफारिसका आधारमा राहत वितरण गरिएको पुस्तकालयका अध्यक्ष सटेन्द्र जवेगुले जानकारी दिए ।

उनका अनुसार, चामल ३० केजी, तेल १ लिटर, दाल १ केजी, नुन २ केजी, साबुन २ थान र मास्क पाँचरपाँच थान प्रतिपरिवारलाई वितरण गरिएको हो । कोरोना महामारीले गर्दा जीवनयापन गर्न असहज बनेका परिवारलाई सहयोग गरिएको अध्यक्ष जवेगुको भनाइ छ ।इलाम नगरपालिका ५ का वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठ, वडा नम्बर ४ का अध्यक्ष नुतनदेव दुलाल, पुस्तकालयका अध्यक्ष सटेन्द्र जवेगु, पूर्व अध्यक्ष गंगा भूर्तेल, वडा नम्बर ४ का सदस्यहरु सीता बराल, ज्ञानेन्द्र निरौला, सुशीला विकको उपस्थितिमा राहत वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय