सुकुम्बासी परिवारलाई रोङ गाउँपालिकाद्धारा जग्गाको लालपुर्जा वितरण

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र ३१, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलःइलामको रोङ गाउँपालिकाले १९ सुकुम्बासी परिवारलाई जग्गाको लालपुर्जा वितरण गरेको छ । वडा नम्बर ६ पाटापुरका ८९ सुकुम्बासी परिवार मध्ये १९ घरपरिवारलाई बुधबार एक कार्यक्रमका बिच लालपुर्जा वितरण गरिएको हो ।

गाउँपालिका भरिमा जम्मा ३६२ परिवार सुकुम्बासी रहेको र सबैलाई लालपुर्जा वितरण गर्ने प्रकृया अगाडि बडाईरहेको कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष शमसेर राईले बताउनुभएको छ । वि सं २०२० सालबाट यो क्षेत्रमा बसोबास गर्दै आएका यि परिवार जग्गा बिहिन छन् । वि सं २०५२ सालमा तत्कालिन सरकारले सुकुम्बासी आयोग गठन गरेपनि आवश्यक प्रकृया पुरा नभएपछि समस्या जस्ताको त्यस्तै थियो । स्थानिय सरकार गठन भएयता गठित व्यवस्थित बसोबास समितीले प्रकृया अगाडि बढाएसँगै १९ परिवारलाई लालपुर्जा वितरण गर्न सफल भएको अध्यक्ष राईको भनाई छ । बाँकी सबैलाई लालपुर्जा चाँडै उपलब्ध गराउन प्रकृया अगि बडिरहेको राइले बताउनुभयो । रोङको समृद्धि र विकासमा आफु सँधै अडिक रहेको बताउँदै राईले पर्यटन क्षेत्रको प्रवर्धन गर्न थुप्रै योजनाहरु ल्याएको समेत बताउनुभएको छ । वडा नम्बर ६ को पाटापुरबाट नै साईकिलिङको यात्रा शुरु गर्ने अवधारणा रहेको बताउँदै उहाँले भन्नुभयो, “वडा नम्बर ३, ५ र ६ का क्षेत्रलाई समेट्ने गरि साईकिलिङ गर्ने छौँ, जसबाट पर्यटन प्रवर्धनमा सघाउ पुग्ने छ ।”


गाउँपालिका उपाध्यक्ष चन्द्रकला राईको विशेष आतिथ्यता रहेको कार्यक्रममा वडा सदस्य विक्रम राईले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा नेकपा रोङ अध्यक्ष बृहस्पति खतिवडा , नेपाली कांग्रेस रोङ सभापति देवि प्रसाद अर्याल, ब्यवस्थित बसोबास समिती सदस्य विर बा लाप्चा, जिल्ला समन्वय समिति सदस्य चन्द्र मगर स्वास्थ्यकर्मि युवराज काप्mले लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रम वडा नम्बर ६ का अध्यक्ष मनिकु्मार स्याङबो सुबासको अध्यक्षतामा सम्पन्न भएको रेडियो बुद्धबाणी एफ एम का अध्यक्ष दिनेश महतले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय